४ पुस २०८२, शुक्रबार | December 20, 2025

सर्वसाधारणलाई सुपारमाई हाइड्रोपावरको आइपिओ आउँदै



काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात् यही माघ २३ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता रू एक सय अङ्कित दरमा चार लाख १५ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपिओ)का बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले आफ्नो जारी पुँजी रू ५० करोडको १० प्रतिशतले हुने रू पाँच करोड मूल्य बराबरको कूल पाँच लाख कित्ता साधारण शेयरमध्ये ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र १० हजार कित्ता कर्मचारीलाई छुट्याइ सकेको छ । साथै बाँकी चार लाख १५ हजार कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीले निष्कासन गरेको शेयरमा लगानीकर्ताले छिटोमा यही माघ २६ सम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी फागुन ८ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड छ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्वा’ प्रणालीमार्फत् र ‘मेरो शेयर’बाट आवेदन दिने सकिने कम्पनीले जनाएको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर बीबीबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले इलामको इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकाको सीमा नदी ‘माई खोला’मा सात दशमलव आठ मेगावाट क्षमताको सुपरमाई हाइड्रोपावरको निर्माण गरेकोे छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १२ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको