२३ माघ २०८२, शुक्रबार | February 6, 2026

भारत लगिँदै गरेको सयबढी राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र सहित २ जना पक्राउ



काठमाडौं । नेपाल प्रहरीले अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको एक सय एक थान राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र बरामद गरी अनुसन्धान थालेको छ ।

उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र लैजान लागेको आरोपमा विमानस्थल सुरक्षा कार्यालयले दुई जनालाई पक्राउसमेत गरेको छ ।

उक्त राहदानी लिएर जान लागेका बेला पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–३ का ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका–७ की ३८ वर्षीया सोनीकुमारी गुरुङ रहेकी छिन् ।

पक्राउपछि उनीहरुलाई थप अनुसन्धानका लागि कार्यालयले गए राति केन्द्रीय अनुसन्धान ब्यूरोमा ल्याएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

उनीहरुमाथि वैदेशिक रोजगारसम्बन्धी थप अनुसन्धान आवश्यक पर्ने भएकाले आजै वैदेशिक रोजगार विभागमा पठाइएको पनि थापाले बताए ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट दिल्ली जान लागेका उनीहरूको लगेज जाँचका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान विन्दुस्थित एक्स–रे गर्ने क्रममा लगेजमा शङ्कास्पद वस्तु देखिएको थियो ।

जाँच गर्दा भारत लान लागिएको अवस्थामा झोलामा उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र फेला परेको थियो । उनीहरुमाथिको सोधपुछका क्रममा उक्त राहदानी रोमानियामा भिसा स्ट्याम्पिङ गर्नका लागि लान लागेको भनी वैदेशिक रोजगार विभागबाट जारी भएको भिसा स्ट्याम्पिङ निर्णय फाराम पेस गरेका थिए ।

सो सम्बन्धमा अनुसन्धान गर्दा उक्त फारममा उल्लिखित विवरण भएको राहदानीहरु र उनीहरुका साथबाट बरामद भएको राहदानीहरुको विवरण फरक पर्न आएको पाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १२ : ५० बजे

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ

काठमाडौं । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्ष

वीरगञ्जमा झगडा हुँदा एक जनाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगर-१३ राधेमाईस्थित कर्बोला अगाडि मोटरसाइकल पार्किङको विषयमा

राष्ट्रियसभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन)