१६ बैशाख २०८१, आइतबार | April 28, 2024

भारत लगिँदै गरेको सयबढी राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र सहित २ जना पक्राउ



काठमाडौं । नेपाल प्रहरीले अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको एक सय एक थान राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र बरामद गरी अनुसन्धान थालेको छ ।

उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र लैजान लागेको आरोपमा विमानस्थल सुरक्षा कार्यालयले दुई जनालाई पक्राउसमेत गरेको छ ।

उक्त राहदानी लिएर जान लागेका बेला पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–३ का ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका–७ की ३८ वर्षीया सोनीकुमारी गुरुङ रहेकी छिन् ।

पक्राउपछि उनीहरुलाई थप अनुसन्धानका लागि कार्यालयले गए राति केन्द्रीय अनुसन्धान ब्यूरोमा ल्याएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

उनीहरुमाथि वैदेशिक रोजगारसम्बन्धी थप अनुसन्धान आवश्यक पर्ने भएकाले आजै वैदेशिक रोजगार विभागमा पठाइएको पनि थापाले बताए ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट दिल्ली जान लागेका उनीहरूको लगेज जाँचका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान विन्दुस्थित एक्स–रे गर्ने क्रममा लगेजमा शङ्कास्पद वस्तु देखिएको थियो ।

जाँच गर्दा भारत लान लागिएको अवस्थामा झोलामा उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र फेला परेको थियो । उनीहरुमाथिको सोधपुछका क्रममा उक्त राहदानी रोमानियामा भिसा स्ट्याम्पिङ गर्नका लागि लान लागेको भनी वैदेशिक रोजगार विभागबाट जारी भएको भिसा स्ट्याम्पिङ निर्णय फाराम पेस गरेका थिए ।

सो सम्बन्धमा अनुसन्धान गर्दा उक्त फारममा उल्लिखित विवरण भएको राहदानीहरु र उनीहरुका साथबाट बरामद भएको राहदानीहरुको विवरण फरक पर्न आएको पाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १२ : ५० बजे

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका

प्रधानमन्त्रीको दाबी – ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।