२२ असार २०८३, सोमबार | July 6, 2026

रवि लामिछानेको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैन : डा. हेम राज शर्मा, उपाध्यक्ष



लण्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा। हेम राज शर्माले गृहमन्त्री रवि लामिछाने बिरुद्ध सर्वोच्च अदालतले सुक्रवार दिएको फैसलाले एनआरएनहरुलाई कुनै असर नपर्ने बताएका छन् ।

डा. शर्माले फैसलाले ‘गैरआवासीय नेपालीको एक पटकको नेपाली सधैंको नेपाली’ अभियानलाई पूर्ण विराम लगायो, नेपालको सम्पत्ति असुरक्षित हुने भयो, एनआरएनको लागि कालो दिन’ आदि सामाजिक संजालमा आएका प्रतिकृयामा सत्यता नरहेको बताए ।

संघ पूर्व महासचिव समेत रहेका डा. शर्माले भने, ‘कसैलाई राजनीति गर्न मन लाग्यो विदेशी नागरिकता त्याग्ने बित्तिकै नेपालको नागरिकता पुनः प्राप्ति गर्नसक्छ । पहिलेको प्रस्तावित कानूनमा नेपाल फर्केर ५ वर्ष बसेपछि मात्र राजनीतिक अधिकार प्राप्त गर्ने थियो । तर अहिलेको कानून यति धेरै उदार बनाइएको छ कि नेपाल फर्केको भोलिपल्टदेखि नै राजनीतिमा प्रवेश गर्न पाउँछन् । यो उदार व्यवस्थालाई सही किसिमले सदुपयोग गर्न सक्नुपर्छ।’

उनले थपे, ‘प्रश्न नागरिकता पुनः प्राप्ति गर्न सम्बन्धित निकायमा निवेदन दिनुपर्छ वा पहिलेको नागरिकता स्वतः ब्युँतिन्छ भन्ने थियो तर अदालतले निवेदन दिनुपर्छ भन्ने फैसला गरे पछि पुनः नागरिकता लिने बाटो प्रष्ट पारेको छ।’

डा. शर्माले फैसलाले विदेशको नागरिकता लुकाएर नेपाली नागरिकताले नेपालमा घर जग्गा किन्ने लगायतका कारोबार गर्नु गैरकानूनी हुँदोरहेछ भनेर गैरआवासीय नेपालीहरुलाई थप सचेत बनाएको बताए ।

उनले गैरआवासीय नेपालीहरुको सम्पतिको अधिकार प्रस्ताविक गैरआवासीय नेपालीसम्बन्धी ऐनमा विशेष व्यवस्था हुने बताए ।

डा. शर्माले संविधानमा प्रस्तावित गैरआवासीय नेपाली नागरिकता सम्बन्धी व्यवस्थाले नेपालको पैतृक सम्पत्ती, अंशबण्डा, अपुताली लगायतका सम्पत्तिको अधिकार सुनिश्चितता गरेको बताए ।

डा. शर्माले बाहिर बस्ने नेपालीको नागरिकतालाई सम्बोधन गर्न संविधानको धारा १४ मा राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, र सांस्कृतिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको बताए । उनले रवि लामिछानेको विपक्षमा आएको फैसलापछि पनि संविधानमा भएका यी विषयहरु यथावत नै रहने जिकिर गरे ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ९ : ४३ बजे

भन्सार सुधारका लागि एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले नेपालको

२६ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (साम्पाङ)राईले संविधानका आधारभूत

पोर्चुगल र स्पेन विश्वकपमा तेस्रो पटक भिडदैँ, यस्तो छ बिगत

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले सन् २०२६ को फिफा विश्वकपको

भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई भने – ‘भाइरल होइन, संसद्प्रति उत्तरदायी बन्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता