२२ असार २०८३, सोमबार | July 6, 2026

देशमा कानुनी राज्य छ भन्ने पुष्टि भएको छ : शेखर कोइराला



विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको बताएका छन् ।

नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले सर्वोच्चको फैसलाले देशमा कानूनी राजको उदाहरण देखाएको बताएका हुन् । उनले फैसलालाई सबैले मान्नपर्ने बताए ।

नेता कोइरालाले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २८ गतेभित्र हुुनुपर्ने धाराणा राखे। संविधानभन्दा माथि राष्ट्रपति हुन नसक्ने भएकाले उनले पनि संविधानभित्र रहेर नै काम गर्नुपर्ने नेता कोइरालाको धारणा थियो ।

“राजनीतिमा सरकार फेरबदल भइरहन्छन्, ठूलो पार्टी कांग्रेसको नेतृत्वमा पनि कुनै दिन सरकार बत्र सक्ने सम्भावना छ”, उनले भने । नेता कोइरालाले कांग्रेस र देशको राजनीति कठीन अवस्थामा पुगेको उल्लेख गर्दै मुलुक आर्थिकरुपमा कमजोर भएको बताए । सातवटै प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय सराहनीय रहेको भन्दै उनले यसबारे सङ्घीय सरकारको पनि ध्यान जानुपर्ने धारणा राखे ।

“कर्मचारीलाई तलब दिन र सामाजिक सुरक्षा भत्ता दिन पनि सरकारको ढुकुटी बलियो छैन । सरकारले नियमित खर्च घटाउनुपर्छ र राजस्व बढाउनुपर्छ”, उनले भने ।

राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले सधैँ प्राप्तिका लागि राजनीति गर्नुभन्दा विचार, उद्देश्य र सङ्गठनका लागि गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यद्वय राजीव कोइराला र अमृत अर्याल, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लाम्साल, कांग्रेस प्रदेश नं १ संसदीय दलका नेता उद्धव थापा, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का सभापति लीलाबल्लभ घिमिरे, महासङ्घ प्रदेश समितिका महासचिव विवेक गौतम, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइँटेल, नेपाल प्रेस युनियन प्रदेश समितिका संयोजक डिल्लीराम खतिवडालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  २ : १६ बजे

सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ

काठमाडौं । सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गरेको आरोपमा

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगन्ज । कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा,

भन्सार सुधारका लागि एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले नेपालको

२६ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (साम्पाङ)राईले संविधानका आधारभूत