४ पुस २०८२, शुक्रबार | December 19, 2025

धमला पत्नी एलिजा नागरिक उन्मुक्तिमा प्रवेश



बुटवल । अभिनय क्षेत्रमा राजधानीमा क्रियाशिल अभिनेत्री एलिजा गौतम रुपन्देहीको भैरहवामा आएर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराइन् ।

पत्रकार ऋषी धमला पत्नी एलिजा केही चलचित्र र म्युजिक भिडियोमा अभिनय समेत गरेकी छन् । तीजको समयमा उनले टिकटकका लागि अभिनय गरेको एक कामुक म्युजिक भिडियो विवादीत बनेको थियो ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं सो पार्टीका संस्थापक रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ एलिजालाई पार्टि प्रवेश गराउन आज बिहान भैरहवा पुगेकी थिइन् । पार्टी प्रवेश गरेकी गौतमको जिम्मेवारी टुंगो लागिनसकेको अध्यक्ष श्रेष्ठले बताइन् । ‘उहाँ हाम्रो पार्टीमा आउन इन्ट्रेस्ट राखेपछि प्रवेश गराउने कुरा स्वभाविक हो’, उनले भनिन् । पार्टीको बैठकपछि मात्र गौतमको जिम्मेवारीको टुंगो लाग्ने उनले बताइन् ।

एलिजासँगै बर्दियाका बैंकर व्यवसायी राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् । उनी नेपालगन्ज प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकका अध्यक्ष हुन् ।

प्रचण्ड नेतृत्वको सरकारलाई सघाएपनि नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी रिहाइका लागि सत्ता गठबन्धनभित्र लगातार दबाव दिइरहेको छ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ४ : ०२ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज