२२ असार २०८३, सोमबार | July 6, 2026

धमला पत्नी एलिजा नागरिक उन्मुक्तिमा प्रवेश



बुटवल । अभिनय क्षेत्रमा राजधानीमा क्रियाशिल अभिनेत्री एलिजा गौतम रुपन्देहीको भैरहवामा आएर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराइन् ।

पत्रकार ऋषी धमला पत्नी एलिजा केही चलचित्र र म्युजिक भिडियोमा अभिनय समेत गरेकी छन् । तीजको समयमा उनले टिकटकका लागि अभिनय गरेको एक कामुक म्युजिक भिडियो विवादीत बनेको थियो ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं सो पार्टीका संस्थापक रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ एलिजालाई पार्टि प्रवेश गराउन आज बिहान भैरहवा पुगेकी थिइन् । पार्टी प्रवेश गरेकी गौतमको जिम्मेवारी टुंगो लागिनसकेको अध्यक्ष श्रेष्ठले बताइन् । ‘उहाँ हाम्रो पार्टीमा आउन इन्ट्रेस्ट राखेपछि प्रवेश गराउने कुरा स्वभाविक हो’, उनले भनिन् । पार्टीको बैठकपछि मात्र गौतमको जिम्मेवारीको टुंगो लाग्ने उनले बताइन् ।

एलिजासँगै बर्दियाका बैंकर व्यवसायी राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् । उनी नेपालगन्ज प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकका अध्यक्ष हुन् ।

प्रचण्ड नेतृत्वको सरकारलाई सघाएपनि नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी रिहाइका लागि सत्ता गठबन्धनभित्र लगातार दबाव दिइरहेको छ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ४ : ०२ बजे

सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ

काठमाडौं । सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गरेको आरोपमा

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगन्ज । कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा,

भन्सार सुधारका लागि एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले नेपालको

२६ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (साम्पाङ)राईले संविधानका आधारभूत