१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

पेस्तोलसहित जनकपुरबाट दुई युवक पक्राउ



जनकपुरधाम । धनुषा प्रहरीले पेस्तोलसहित दुई युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका ६ का २८ वर्षीय रोशन महतो र सोही ठाउँका २६ वर्षीय शंकर महतो छन् ।

पेस्तोल बोकेर हिँडिरहेको सूचनाका आधारमा मिथिला नगरपालिका(२ नक्टाझिझको विश्वकर्मा चोकस्थित रोशनलाई चेकजाँच गर्दा माउजर पेस्तोल र सो पेस्तोलमा लोड गरिएको म्यागेजिन एक थान र म्यागेजिनमा लोड भएको केएफ दशमलव ६५ उल्लेख भएको दुई थान गोली बरामद भएको धनुषाका एसपी विश्वराज खड्काले जानकारी दिए ।

माघ १२ गते रोशन पक्राउ परेको र उनले दिएको बयानका आधारमा पेस्तोल बिक्री गरेका शंकरलाई समेत पक्राउ गरेको एसपी खड्काले बताए ।

शंकरबाट रोशनले शंकरलाई ५० हजार नगद दिएको र पछि २० हजार रुपैयाँ दिने सहमतिमा पेस्तोल खरिद गरेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  १० : ०१ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम