७ आश्विन २०८३, बुधबार | September 23, 2026

कम्युनिष्ट धुव्रीकरणको नेतृत्व समाजवादीले गर्छ : घनश्याम भुसाल



बुटवल । नेकपा एकिकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसालले कम्युनिष्ट पार्टीलाई २१ औं शताब्दिको पार्टी बनाउने बताएका छन । नेकपा एकिकृत समाजवादी रुपन्देहीले शनिबार बुटवलमा गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता भुसालले विचार, सिद्धान्त र मुद्धाका आधारमा जनतालाई गोलबद्ध गर्दै २१ औ सताब्दीको कम्यूनिष्ट पार्टी निर्माणमा जुट्ने बताएका हुन ।

उनले नेकपा एकिकृत समाजवादी पार्टीले नवौं महाधिवेशनले पारित गरेको नीति विचार र सिद्धान्तलाई अंगिकार गरेकाले आफू पनि समाहित भएको बताउँदै आगामी दिनमा समाजवादी पार्टीको आफ्नै परिचय सहित स्थापित हुने बताए । उनले समाजवादी तत्तकाल कोही कसैसँग ढल्कने, टाँसिने गरि अगाडि नबढने स्पष्ट पार्दैै उनले माघ २१ र २२ गते हुने केन्द्रीय कमिटिको बैठकले महत्वपूर्ण निर्णय गर्ने बताए । नेता भुसालले वामदेव गौतम र भिम रावललाई समाजवादीमा ल्याउन वार्ता भइरहेको पनि खुलाए ।

उनले अब मूलुकमा वाम धुव्रीकरणको आवश्यकता रहेको बताउँदै त्यसको नेतृत्व नेकपा एकिकृत समाजवादीले गर्ने बताए । नेकपा एकिकृत समाजवादीमा समाहित भएपछि पहिलोपटक गृहजिल्ला रुपन्देही आएका भुसालले अब पार्टी निर्माणलाई गती दिन कार्यकर्तालाई आग्रह समेत गरे ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य एंव रुपन्देही इन्चार्ज राजु गुरुङ, अर्का केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले कम्यूनिष्ट विचारमा प्रष्ट र प्रखर भुसालको आगमनले उत्साह थपेको बताउँदै अब कम्यूनिष्ट पार्टी निर्माण हुने विश्वास व्यक्त गरे । कार्यक्रम पार्टी जिल्ला अध्यक्ष अविराम विश्वकर्माको अध्यक्षता, उपसचिव थानेश्वर खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ८ : ३५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज