७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कम्युनिष्ट धुव्रीकरणको नेतृत्व समाजवादीले गर्छ : घनश्याम भुसाल



बुटवल । नेकपा एकिकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसालले कम्युनिष्ट पार्टीलाई २१ औं शताब्दिको पार्टी बनाउने बताएका छन । नेकपा एकिकृत समाजवादी रुपन्देहीले शनिबार बुटवलमा गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता भुसालले विचार, सिद्धान्त र मुद्धाका आधारमा जनतालाई गोलबद्ध गर्दै २१ औ सताब्दीको कम्यूनिष्ट पार्टी निर्माणमा जुट्ने बताएका हुन ।

उनले नेकपा एकिकृत समाजवादी पार्टीले नवौं महाधिवेशनले पारित गरेको नीति विचार र सिद्धान्तलाई अंगिकार गरेकाले आफू पनि समाहित भएको बताउँदै आगामी दिनमा समाजवादी पार्टीको आफ्नै परिचय सहित स्थापित हुने बताए । उनले समाजवादी तत्तकाल कोही कसैसँग ढल्कने, टाँसिने गरि अगाडि नबढने स्पष्ट पार्दैै उनले माघ २१ र २२ गते हुने केन्द्रीय कमिटिको बैठकले महत्वपूर्ण निर्णय गर्ने बताए । नेता भुसालले वामदेव गौतम र भिम रावललाई समाजवादीमा ल्याउन वार्ता भइरहेको पनि खुलाए ।

उनले अब मूलुकमा वाम धुव्रीकरणको आवश्यकता रहेको बताउँदै त्यसको नेतृत्व नेकपा एकिकृत समाजवादीले गर्ने बताए । नेकपा एकिकृत समाजवादीमा समाहित भएपछि पहिलोपटक गृहजिल्ला रुपन्देही आएका भुसालले अब पार्टी निर्माणलाई गती दिन कार्यकर्तालाई आग्रह समेत गरे ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य एंव रुपन्देही इन्चार्ज राजु गुरुङ, अर्का केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले कम्यूनिष्ट विचारमा प्रष्ट र प्रखर भुसालको आगमनले उत्साह थपेको बताउँदै अब कम्यूनिष्ट पार्टी निर्माण हुने विश्वास व्यक्त गरे । कार्यक्रम पार्टी जिल्ला अध्यक्ष अविराम विश्वकर्माको अध्यक्षता, उपसचिव थानेश्वर खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ८ : ३५ बजे

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा

इन्डोनेसियामा भयानक ज्वालामुखी विष्फोट, ११ हजार बढीलाइ अन्यत्र सारियो

जाकार्ता । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११

एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपालको सामना युएईसँग

काठमाडौं । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै

आजको मौसम : कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा