१९ असार २०८३, शुक्रबार | July 3, 2026

अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज



महोत्तरी । कर्तव्य ज्यान मुद्दामा फरार रहेका महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित लक्ष्मी कोइरी महतोको बचाउमा प्रदर्शन भएको छ ।

मधेस आन्दोलनका क्रममा प्रहरी असई थमन विकको हत्या अभियोगमा फरार रहेका कोइरी एमालेका सांसद हुन् भने उनी प्रहरीको फरार सूचीमा छन् । तर, उनको बचाउमा एमाले र कोइरी समाजमा उत्रिएको छ । कोइरीमाथि झुट्टा मुद्दा लगाएको भन्दै नागरिक समाजको सहारामा नेकपा एमाले प्रदर्शनमा उत्रिएको हो ।

११ माघमा जनकपुरमा प्रदर्शन गरेको एमालेले अभियुक्त कोइरीको गाउँ गौशालामा सोमबार पनि नागरिक समाजको नाममा नै प्रदर्शन भएको छ ।
कुशाहा कल्याण समाज नामक कोइरी जातीय समूहले सांसद महतोलाई झुट्टा मुद्दा लगाएको बताउदै आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।

मधेश आन्दोलनका क्रममा मधुमेह र उच्च्च रक्तचापको समस्याका कारण घरमै स्वास्थ्यलाभ गरिरहेका बेला भएको असई थमनको हत्यामा सांसद कोइरीको कुनै संग्लनता नरहेको कुशाहा कल्याण समाजले दाबी गरेको छ ।

नेकपा एमालेवाट महोत्तरी क्षेत्र न. १ मा निर्वाचित भएका संसद कोइरीलाइ पक्राउ गर्न प्रहरीले सक्रियता बढाएपछि उनी पुनः फरार भएका छन ।
केहीले उनी भारतको पटना रहेको बताए पनि उनी कहाँ छन भन्ने प्रहरीले एकीन गर्न सकेको छैन ।

२०७७ मा जनकपुर उच्च अदालतले पुर्पक्षका लागि उनलाई जेल चलान गर्न आदेश दिएको थियो । तर, फरार रहेकै बेला गत मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् ।

केही साताअघि सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १ : ०१ बजे

एक महिनामा मुस्ताङ भित्रिए ८० हजार विदेशी पर्यटक

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ

आज २५ अर्बको ऋणपत्र जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास