२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

पोखरा हवाई दुर्घटना : छ जनाको ‘डिएनए’ परीक्षण सुरु



काठमाडौं । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले दुर्घटनाान परी शव अत्यधिक जलेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरु गरिएको जानकारी दिए ।

उनका अनुसार नेपाल प्रहरीको डिएनए प्रयोगशालामा शव पहिचान सुरु गरिएको हो । उनले परिवारको नमुना सङ्कलन र छजना शवको हड्डी र दाँतको डिएनए निकाली प्रयोगशालामा पठाइसकेको जानकारी दिए ।

यो विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने जनाइएको छ । काठमाडौं ल्याएका ४८ मध्ये फरेन्सिक र फिङ्गर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको थियो ।

पोखरामा २२ जनाको फरेन्सिक जाँच शव पहिचान गरिएको हो । गत माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो ।

 

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ४ : ०९ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज