२७ फाल्गुन २०८२, बुधबार | March 12, 2026

सेन्ट्रल कन्ट्रयाक्टका लागि खेलाडीको वर्गीकरण, सन्दीप लामिछाने परेनन्



काठमाडौं। नेपाल नेपाल क्रिकेट संघ (क्यान)ले सेन्ट्रल कन्ट्र्याक्टका लागि खेलाडीको वर्गीकरण गरेको छ । पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको क्यानले बलात्कार आरोपमा राष्ट्रिय टिमको पूर्व कप्तान सन्दीप लामिछानेलाई भने समेटेको छैन ।

क्यानले गरेको पुरुष वर्गीकरणको ग्रेड ‘ए’मा रोहित पौडेल, सोमपाल कामी, करन केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख परेका छन् ।

साथै ग्रेड ‘बी’मा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल पर्दा ग्रेड ‘सी’मा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्शन झा, अर्जुन साउँद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव परेका छन् ।

यस्तै महिलातर्फ ग्रेड ‘ए’मा रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा छन् भने ग्रेड ‘बी’मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्यलाई क्यानले समेटेको छ ।

साथै ग्रेड ‘सी’मा कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगमलाई राखिएको छ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  २ : ०० बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब