२७ फाल्गुन २०८२, बुधबार | March 12, 2026

राफिन्हा र लेवानडोस्कीको गोलमा बार्सिलोना विजयी



काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल बेटिसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा राफिन्हा र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए । त्यस्तै रियल बेटिसका लागि एक गोल भने बार्सिलोनाकै जुलेज कुण्डेले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै यस खेलको ९५औं मिनेटमा रियल बेटिसका विलियम कार्भाल्होले रातो कार्ड पाएका थिए । यो जितपछि बार्सिलोनाले १९ खेलमा ५० अंक बनाएको छ साथै बार्सिलोना एक खेल कम खेलेको रियल म्याड्रिड भन्दा ८ अंकले अगाडी भएको छ ।

त्यसैगरी रियल बेटिसको भने १९ खेलमा ३१ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ८ : २५ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब