५ श्रावण २०८३, मंगलबार | July 21, 2026

‘निर्वाचन सकियो, नेपाली कांग्रेसको गुटबन्दी सकिएन’



सर्लाही । नेपाली कांग्रेस सर्लाहीमा यतिबेला गुटबन्दीले जराे गाडेको छ । निर्वाचन सकिएको तर गुटबन्दीको राजनिति नसकिएको नेपाली कांग्रेसबाट निर्वाचित चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोकाे भनाइ छ । स्थानिय तह निर्वाचन, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सकिइसक्दा पनि नेपाली कांग्रेसमा भएको गुटबन्दी नसकिएकाेले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनामा निकै कमजोर भएको अध्यक्ष महतोले बताए ।

स्थानिय तहको निर्वाचनामा नेपाली कांग्रेस दर्जन जती पालिका प्रमुख जिताउन सफल भए पनि गुटउपगुटले प्रतिनिधी र प्रदेशमा कांग्रेसकाे उपस्थिती कमजाेर भएकाे उनकाे भनाइ थियाे । ‘४ वर्ष सम्म कांग्रेस हुने तर, चुनावमा अन्य दलको उम्मेदवार जिताउने कांग्रेस बन्ने यो कस्तो परिपाटी हो ?’ उनले प्रश्न गरे ।

कांग्रेसलाई बलियो र एक ढिका बनाउने निर्वाचनमा नडगमगाउने कांग्रेसी आजको आवश्यका भएको अध्यक्ष महतोले बताए । ‘चुनावमा जे भयो भयो अब पनि मिलेर नजाने हो भने नेपाली कांग्रेस सर्लाहीमा निकै नै कमजोर हुने छ ।’ उनले भने ।

नेपाली कांग्रेस बलियो बनाउन सबैले गुटउपगुटको राजनैनिक त्यागेर एकढिका भई अघि बढ्नु पर्नेमा अध्यक्ष महतोले जोड दिए । ‘कुनै पनि कार्यक्रम भयो भने संस्थापक पक्षको छ भने इतर पक्षलाई आरोप, इतर पक्षको कार्यक्रम छ भने संस्थापन पक्षलाई आरोप लगाइन्छ ।’ उनले भने ‘आरोप प्रत्याराेपले पार्टी कमजाेर हुन्छ ।’ उनले भने । आजको राजधानी दैनिकमा राकेश गुप्ताले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ७ : ३५ बजे

तयारी पोसाक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको