१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

‘निर्वाचन सकियो, नेपाली कांग्रेसको गुटबन्दी सकिएन’



सर्लाही । नेपाली कांग्रेस सर्लाहीमा यतिबेला गुटबन्दीले जराे गाडेको छ । निर्वाचन सकिएको तर गुटबन्दीको राजनिति नसकिएको नेपाली कांग्रेसबाट निर्वाचित चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोकाे भनाइ छ । स्थानिय तह निर्वाचन, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सकिइसक्दा पनि नेपाली कांग्रेसमा भएको गुटबन्दी नसकिएकाेले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनामा निकै कमजोर भएको अध्यक्ष महतोले बताए ।

स्थानिय तहको निर्वाचनामा नेपाली कांग्रेस दर्जन जती पालिका प्रमुख जिताउन सफल भए पनि गुटउपगुटले प्रतिनिधी र प्रदेशमा कांग्रेसकाे उपस्थिती कमजाेर भएकाे उनकाे भनाइ थियाे । ‘४ वर्ष सम्म कांग्रेस हुने तर, चुनावमा अन्य दलको उम्मेदवार जिताउने कांग्रेस बन्ने यो कस्तो परिपाटी हो ?’ उनले प्रश्न गरे ।

कांग्रेसलाई बलियो र एक ढिका बनाउने निर्वाचनमा नडगमगाउने कांग्रेसी आजको आवश्यका भएको अध्यक्ष महतोले बताए । ‘चुनावमा जे भयो भयो अब पनि मिलेर नजाने हो भने नेपाली कांग्रेस सर्लाहीमा निकै नै कमजोर हुने छ ।’ उनले भने ।

नेपाली कांग्रेस बलियो बनाउन सबैले गुटउपगुटको राजनैनिक त्यागेर एकढिका भई अघि बढ्नु पर्नेमा अध्यक्ष महतोले जोड दिए । ‘कुनै पनि कार्यक्रम भयो भने संस्थापक पक्षको छ भने इतर पक्षलाई आरोप, इतर पक्षको कार्यक्रम छ भने संस्थापन पक्षलाई आरोप लगाइन्छ ।’ उनले भने ‘आरोप प्रत्याराेपले पार्टी कमजाेर हुन्छ ।’ उनले भने । आजको राजधानी दैनिकमा राकेश गुप्ताले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ७ : ३५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा