१७ बैशाख २०८१, सोमबार | April 29, 2024

लामिछानेका कारण विवादमा रास्वपा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिहीबार एउटा आक्रोशपूर्ण अभिव्यक्ति सार्वजनिक गरे । फेसबुकमार्फत उनले घेराबन्दीमा हाल्न आफू अभिमन्यु नभएको बताए । उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’

कुरुक्षेत्रको युद्धमा कौरव पक्षका प्रधानसेनापति द्रोणाचार्यले पाण्डव पक्षलाई कमजोर पार्न चक्रव्यूहको रचना गरेका थिए । उक्त चक्रव्यूहभित्र पस्ने र छिचोल्ने सामथ्र्य पाण्डव पक्षतर्फ अर्जुनमा मात्र थियो । यसकारण अर्जुनलाई अल्झाएर टाढा पुर्‍याइयो । अर्जुनपुत्र अभिमन्यु चक्रव्यूहभित्र छिर्न त सक्थे तर बाहिर निस्कने सीप उनमा थिएन । यही कमजोरीमा कौरव पक्षको समस्त महारथीले अभिमन्युलाई घेराबन्दीमा हालेर हत्या गरेका कथा महाभारतमा पाइन्छ ।

रास्वपा सभापति लामिछानेले यही कुरालाई इंगित गर्दै आफू अभिमन्यु नभएको टिप्पणी गरेका छन् । तर आफूलाई कसले घेराबन्दीमा हाल्यो ? त्यो भने उनले पूर्ण रूपमा खुलाएका छैनन् । उनी पछिल्ला केही दिनयता आलोचनाको केन्द्रमा छन् । आफ्नै पार्टीभित्रबाट आलोचना हुन थालेपछि सम्भवतः उनको यस्तो अभिव्यक्ति आएको हुनसक्छ । लामिछानको नागरिकता विवादसम्बन्धी सर्वोच्च अदालतको फैसलापछि रास्वपा पनि विवादको भुमरीमा परेको छ । पार्टीका नेताहरू ‘अब के गर्ने  ?’ भन्ने विषयमा तीन समूहमा विभक्त भएका छन् । नेतृत्वका विषयमा नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि पोख्न थालेका छन् । सर्वोच्च अदालतको फैसलाले गुमेको उपप्रधान तथा गृहमन्त्री पद पाउन लामिछानेले गरेको दौडधुप र त्यसले सिर्जना गरेको राजनीतिक तरंग नै अहिले रास्वपाभित्र विवादको मूल कारण बनेको छ । लामिछानेले लिएको राहदानी पनि विवादमा परेको छ ।

अध्यागमन ऐन उल्लंघनलगायत उनका आधा दर्जन गल्ती सञ्चारमाध्यममा आएका छन् । कम्तीमा नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ र राहदानी छानबिन नसकिएसम्म लामिछानेलाई पुरानो जिम्मेवारीसहित सरकारमा नफर्काउने अडान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएका छन् ।

लामिछानेलाई पुरानै जिम्मेबारीसहित सरकारमा ल्याउनुपर्ने र ल्याउन नहुने विषयलाई लिएर ६ दिनदेखि सत्ता गठबन्धनभित्र गलफत्ती चलेको छ । लामिछानेले सरकारमा पुरानै हैसियत पाउन सत्ता गठबन्धनको ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको समर्थन जुटाएर प्रधानमन्त्री प्रचण्डमाथि लगातार दबाब दिएका छन् । उनले सत्ता गठबन्धनको अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनबाट पनि प्रधानमन्त्री दाहालमाथि दबाब दिए । यसक्रममा लामिछानेले दर्जनौंपटक बालकोट (एमाले अध्यक्ष ओली निवास) र बालुवाटार (प्रधानमन्त्री दाहालको सरकारी निवास) मा दौडधुप गरिरहे । आफूले गृह मन्त्रालय नपाए सरकार छाड्ने धम्की पनि उनले दिइरहेका छन् । तर प्रधानमन्त्री दाहाल अहिलेसम्म आफ्नो अडानबाट टसमस भएका छैनन् । यसमा दाहाललाई उनको पार्टी नेकपा माओवादी केन्द्रले साथ दिएको छ ।

झन्डै ‘एक व्यक्ति पार्टी’ जस्तो देखिएको रास्वपामा सुरूवाती दिनमा लामिछानेको आलोचना गर्ने साहस कसैले जुटाउन सकेका थिएनन् । पछिल्ला केही दिनयता लामिछानेका कारण पार्टीको सार्वजनिक छविमा असर पुग्न थालेको भन्दै असन्तुष्टि प्रकट हुन थालेको छ । केन्द्रीय सदस्य अरनिको पाँडेले ट्विटमा आफ्नो असन्तुष्टि पोखेका छन् । गृह मन्त्रालय रास्वपाले पाउनुपर्ने र त्यो लिन सबै जुट्नुपर्ने बताउँदै उनले गृह मन्त्रालयमा लामिछानेको विकल्प खोज्नुपर्ने आशय व्यक्त गरेका छन् । ‘अहिलेको परिस्थितिमा रास्वपाको टिमबाट सबैभन्दा सक्षम, विवादविहीन, अनि पार्टी र देशको गौरव बढाउने गृहमन्त्री को हुन सक्ला ?’ मंगलबारको उनको ट्विटमा उल्लेख छ ।

पाँडेजस्तै अर्का केन्द्रीय सदस्य गणेश कार्कीले पनि बुधबार रास्वपालाई प्रधानमन्त्री दाहालले विधि र नैतिकताको पाठ सिकाउने र एमाले अध्यक्ष ओलीले समर्थन र सद्भाव देखाउनुपर्ने अवस्था आएको भन्दै व्यंग्य गरेका छन् । उनले लेखेका छन्, ‘यस्ता दिनको हामीलाई अपेक्षा थिएन । यस्ता दिन हामीले चाहेकै थिएनौं । तर भोगिरहेका छौं ।’ राजनीतिक रूपमा रास्वपाबाट नै केही गल्ती भएको र केही हुन लागेको टिप्पणी उनले गरेका छन् । रास्वपाले संघीय प्रतिनिधिसभामा २० सिट जितेको अवस्थामा पनि सुरूमै उदाहरण बन्नबाट चुकेको टिप्पणी कार्कीले गरेका छन् । सुरूमा सिकेर सहज ढंगबाट सरकारका राम्रा कामको समर्थन र खराब कामविरुद्ध चनाखोपूर्ण र रचनात्मक प्रतिक्रिया जनाए पुग्नेमा सरकारमा गएका विषयमन उनले असन्तुष्टि पोखेका छन् । आजको नागरिक दैनिकमा अरूण बमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ७ : ४६ बजे

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा

चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

ग्वाङ्झाउ । चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण