३ आश्विन २०८३, शनिबार | September 20, 2026

कुपोषित बालबालिका खोज्दै सिद्धार्थनगर



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रमा कुपोषित बालबालिका हुने सक्ने आशंका ‘स्क्रिनिङ’ गर्न सुरु गरेको छ । नगरको वडा नम्बर ३, ५ र १३ ले संयुक्त रुपमा शिविर सञ्चालन गरी ६ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरूको ‘स्क्रिनिङ्ग’ गर्न सुरु गरेको हो ।

यी तीनवटै वडाले ६ महिनादेखि २३ महिनासम्मका बालबालिकाको तौल वृद्धि अनुगमन गरी पोषकतत्व सर्वोत्तम पिठो वितरण गर्ने तथा कुपोषित बालबालिकाहरूको पहिचान (स्क्रिनिङ्ग) का लागि शुक्रवारदेखि वडा नम्बर ३ बाट प्रोत्साहनसहितको नियमित वृद्धि अनुगमन शिविरको सुरु गरिएको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठले जानकारी दिए । यी तीनवटै वडामा शिविर सञ्चालन हुनेछन् ।

‘केही शिशुहरू कुपोषणको शिकार भएको पाइएपछि हामी तीन वटा वडाका वडाअध्यक्षहरूले संयुक्त रुपमा शिविरको सुरुवात गरेका छौँ’ श्रेष्ठले भने, ‘यो शिविरले तीन वटै वडाकावासीहरू लाभान्वित भई शिशुहरूको वृद्धि विकासमा सहयोग पुर्‍याउने विश्वास लिएका छौँ ।’

‘बच्चा जोखौँ सर्वोत्तम पिठो बोकौँ’ नारासहित शुभारम्भ भएको शिविरमा यी वडा बाहेक नगरका अन्य वडावासीका बालबालिकाहरूमा कुपोषणसम्बन्धी आशंका भए शिविरको लाभ लिन सक्ने उनले बताए ।

शिविरको प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खानले शिशुलाई सर्वोत्तम पिठो उपलब्ध गराएर शुभारम्भ गरे । शिविरको शुभारम्भ गर्दै उनले शिशुहरूलाई पोषिलो खाना खुवाउनुपर्ने निकै आवश्यक रहेको उल्लेख गर्दै विरुवालाई दिनहँु पानी दिएर हुर्काएझँै शिशुहरूलाई पनि पोषिलो खाना खुवाउनेमा कमी नगर्न आग्रह गरे ।

सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले महिला गर्भवती अवस्थामा भएदेखि नै पोषिलो खानामा जोड दिए शिशु पनि स्वास्थय जन्म हुने र कुपोषणको शिकार हुनेबाट जोगिने बताइन् ।

शिविरमा आएका शिशुहरूको नियमित तौल गर्ने, चार सय ग्रामको सर्वोत्तम पिठो उपलब्ध गराउने र आवश्यक परेको अवस्थामा स्वास्थ्य उपचारसमेत गरिने बताइएको छ ।  नगरपालिकाको वडा नम्बर ३ का वडाअध्यक्षले नारायण प्रसाद उपाध्ययले शिशुहरूको वृद्धि विकासका लागि पोषिलो खाना निकै आवश्यक रहेकोमा जोड दिँदै बालबालिका स्वास्थ्य रहे मुलुक स्वास्थ्य रहने बताए ।

नगरपालिकाको वडा नम्बर १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङले बालबालिकाहरू भविष्यको कर्णधार भएको भन्दै आजका बालबालिकालाई स्वास्थ्य राखे भोली समृद्ध मुलुक बनाउनेमा टेवा पुग्ने बताए ।

सिद्धार्थनगर नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले तीन वटा वडाहरूले संयुक्त रुपमा सञ्चालन गरेको शिविरको प्रशंसा गर्दै अगामी आर्थिक वर्षमा यस किसिमका शिविर सञ्चालनका लागि बजेट विनियोजन गरी नगर स्तरीय शिविर संचालन गर्ने बताए ।

एक जनाको शिशु उपर नियमित अनुगमन र स्वास्थ्य उपचारमा ५ देखि १० हजार रुपैयाँ खर्च आउने अनुमान गरिएको वडा नम्बर ३ का आधारभूत स्वास्थ्य केन्द्रका ईन्चार्ज दुर्गाबहादुर थापाले बताए ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १२ : १९ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब