३ आश्विन २०८३, शनिबार | September 20, 2026

प्रेस चौतारीको २५ औं स्थापना दिवस : बुटवलमा रक्तदान कार्यक्रम, २५ युनिट रगत संकलन



बुटवल । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा रुपन्देही शाखाले आज रक्तदान कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको छ । चौतारी २५ औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको छ ।

रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको संगठनका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए । उनले रक्तदान जस्तो पवित्र र मानवीय कार्यमा अरुलाई पनि उत्प्रेरित गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदिप आचार्यले प्रस चौतारी रुपन्देहीका सल्लाहकार दिनेश पाण्डेलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उदघाटन गर्दै पत्रकारहरु आफ्नो पेशासंगै सामाजिक कार्यमा समेत सधै क्रियाशिल रहेको दाबी गरे ।

दिवसको अवसरमा प्रदेशका १२ जिल्लामा विविध कार्यक्रम गरी भातृत्व र रचनात्मक कार्यहरु गरी मनाईएको उनले बताए । विभिन्न जिल्लामा चौतारी मिलन, फुटसल, मदरसामा स्टेशनरी वितरण लगायतका रचनात्मक कार्यक्रम गरि मनाईएको उनले बताए ।

प्रेस चौतारी रक्तदान अभियानमा धेरै पहिले देखि जोडिएको भन्दै आगामी दिनहरुमा समेत निरन्तरता दिने प्रतिवद्घता जनाए । रक्तदान जस्तो मानवीय कार्यलाई प्रेस चौतारीले विगतका वर्षदेखि नै निरन्तरता दिंदै आएको बताए ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देही शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रुपन्देही रक्तदाताको हब बन्न सफल भएको बताए । रुपन्देही जिल्लाको मागलाई पूरा गर्दै चितवन, पाल्पा, दाङ जस्ता छिमेकी जिल्लासहित देशभरका अधिकांश स्थानमा रगतको मागलाई यहाँबाट पुरा गर्दै आएको उनले बताए । रगतको माग धेरै हुने रुपन्देहीमा रक्तदाताको संख्या अभिवृद्धिका लागि अभियानहरु समेत चलाउँदा सफलता मिलेको उनले बताए ।

चौतारीको २५ औं स्थापना दिवसमा क्रिकेटका अन्तर्राष्ट्रिय खेलाडी शक्ति गौचनदेखि पत्रकारहरुले उत्साहजनक रुपमा रक्तदानमा सहभागिता जनाएको कार्यक्रम संयोजक स्वस्तिक श्रेष्ठले जानकारी दिए ।

स्थापना दिवसकै अवसरमा चौतारीले शनिबार तिलोत्तमाको वनवाटिकामा चौतारी मिलन कार्यक्रमको आयोजना गरेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १ : १६ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब