१९ चैत्र २०७९, आइतबार | April 2, 2023

माघ २७ मा राष्ट्रपतिले संघीय संसद्‍लाई सम्बोधन गर्ने



काठमाडौं । संघीय संसद्‌को संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २७ गते सम्बोधन गर्ने भएकी छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिले माघ २७ गते संसद‍्लाई सम्बोधन गर्ने विषयमा जानकारी दिएका हुन् ।

उक्त दिनको प्रतिनिधिसभाको बैठकमा संघीय संसद्‌का दुवै सदनका सांसदहरुलाई २ः४५ बजे नै सभामा निर्धारित पोसाकमा उपस्थित हुन आग्रह गरिएको छ । सभामुख घिमिरेले राष्ट्रपति भण्डारीले संयुक्त सभालाई ३ बजे सम्बोधन गर्ने जानकारी दिए ।

नेपालको संविधानको धारा ९५ बमोजिम २०७९ साल माघ २७ गते शुक्रबार दिनको ३ बजे संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताएका थिए ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ६ : २१ बजे

नेपालकी ‘लेडी ड्र्यागन’सँग पुरुष रेस्लर समेत डराउँछन्

काठमाडौं । नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै

रुसले पायो सुरक्षा परिषदको अध्यक्षता, युक्रेनको आपत्ति

काठमाडौं ।  रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएसी) को अध्यक्षता

‘माल पाएर चाल नपाएको’ बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्र, पूर्ण संचालन नहुँदै सामान चोरिन थाले

बुटवल । राजधानी सारिएपछि शुन्यता छाएको बुटवलको गहनाकारुपमा रहेको अन्तराष्ट्रिय

बेमौसमी वर्षाले गहुँबालीमा क्षति

लुम्बिनी । दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पु¥याएको छ

कागतीखेतीबाट रु २० लाख आम्दानी

पथरी । सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो