६ पुस २०८२, आइतबार | December 21, 2025

जाम्बियामा हैजाको प्रकोप बढ्दै



एजेन्सी । जाम्बियामा हैजाको प्रकोप बढ्दै गएको बताइएको छ । यहाँको वुहाबी जिल्लामा मात्र हैजाका सङ्क्रमितको सङ्ख्या कम्तीमा पनि ३६ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार गएको २४ घन्टामा सो जिल्लामा हैजाका सङ्क्रमित भेटिएका बताइएको छ ।

यहाँ हैजाबाट एकजनाको ज्यान गएको छ भने अरु आठ जना अस्पतालमा गम्भीर अवस्थामा रहेका बताइएको छ । जाम्बियाको पूर्वी जिल्लामा हैजाको प्रकोप फैलिँदै गएको पाइएको बताइएको हो । आइतबारसम्म यहाँ यसका सङ्क्रमितहरु ३६ जना पुगेका र दिन प्रतिदिन बढ्दै गएकाले हैजाको नियन्त्रणका लागि यहाँका स्वास्थ्य अधिकारीहरुलाई आग्रह गरिएको छ ।

मलावीको सीमा क्षेत्रमा पर्ने उक्त जिल्लामा हैजाको प्रकोप बढ्दै गएको र सो जिल्लामा हैजा विरुद्धको खोप दिने काम भइरहेको जाम्बियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सो क्षेत्रमा गत महिनादेखि नै यसको प्रकोप बढेको र त्यसपछि स्वास्थ्यकर्मीहरु खटाएर यसको उपचार र थप सतर्कता अपनाइएको भन्दै यहाँका १५ हजार पाँच सयभन्दा बढी व्यक्तिलाई हैजाका विरुद्धको खोप दिइएको सो मन्त्रालयले जनाएको छ ।

जाम्बियामा विगतका वर्षहरुमा पनि हैजाको प्रकोप फैलिने गरेको थियो । त्यसैले यहाँका स्वास्थ्य अधिकारीहरुले आम नागरिकलाई खानपिन र स्वास्थ्यमा ध्यान दिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  २ : १० बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा