१९ चैत्र २०७९, आइतबार | April 2, 2023

नागरिक उन्मुक्तिका सांसद चौधरीको मुद्दामा उच्च अदालतबाट अन्तरिम आदेश दिन अस्विकार



धनगढी । नागरिक उन्मुक्ति पार्टीका सचेतक तथा प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको रिटमा उच्च अदालत दिपायलले आज कारण देखाउ आदेश जारी गरेको छ ।

उच्च अदालतका दिपायल राजपुरका सूचना अधिकारी नरबहादुर नेगीका अनुसार चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै उच्च अदालतले कारण देखाउ आदेश मात्र जारी गरेको हो । चौधरीले जिल्ला अदालत कैलालीले गरेको फैसलाबारे जानकारी नभएका कारण आफ्नो मुद्दामा दिएको म्याद बदर गरी थुनामुक्त गर्न माग गर्दै रिट दायर गरेका थिए ।

उच्च अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकल इजलासले अन्तरिम आदेश नदिएर जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीका नाममा कारण देखाउ आदेश मात्र जारी गरेको सूचना अधिकारी नेगीले बताए । उनका अनुसार चौधरीको मुद्दामा अन्तरिम आदेश जारी गर्नुनपर्ने कारण वा प्रमाण भए १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरिएको छ । उक्त मुद्दाका वादी र प्रतिवादी दुवै पक्षसँगको छलफलपछि अन्तरिम आदेश सम्बन्धमा निर्णय गर्न सकिने छ । त्यसका लागि माघ २९ गते अर्को पेशी तोकिएको छ ।

१३ वर्ष अघिको आगजनी मुद्दामा सांसद चौधरीसहितका तीन जनालाई जिल्ला अदालत कैलालीले ६ महिना कैद र रु आठ लाख बढी क्षतिपूर्ति तिर्न आदेश दिएको थियो । सोही मुद्दामा प्रहरीले चौधरीलाई केही दिनअघि बाँकेबाट पक्राउ गरेको थियो । चौधरी हाल कैलाली कारागारमा थुनामा छन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ७ : ३२ बजे

लुम्बिनीमा हाफ म्याराथन प्रतियोगिता हुँदै

लुम्बिनी । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा ‘शान्ति र समृद्धिका लागि

काठमाडौं प्रवेश गर्ने २ सडक केहीदिनका लागि बन्द

हेटौडा । मकवानपुर सदरमुकामा हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने

नेपालकी ‘लेडी ड्र्यागन’सँग पुरुष रेस्लर समेत डराउँछन्

काठमाडौं । नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै

रुसले पायो सुरक्षा परिषदको अध्यक्षता, युक्रेनको आपत्ति

काठमाडौं ।  रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएसी) को अध्यक्षता

‘माल पाएर चाल नपाएको’ बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्र, पूर्ण संचालन नहुँदै सामान चोरिन थाले

बुटवल । राजधानी सारिएपछि शुन्यता छाएको बुटवलको गहनाकारुपमा रहेको अन्तराष्ट्रिय