१३ भदौ २०८३, शनिबार | August 29, 2026

कृषि क्षेत्रको समस्या समाधान गर्न एमालेले दियो १२ सुझाव



काठमाडौं । नेकपा एमालेको कृषि तथा पशुपन्छी विभागले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि १२ बुँदे सुझाव दिएको छ । च्यासलस्थित पार्टी कार्यालयमा बसेको विभागको बैठकले तत्काल र दीर्घकालीन रुपमा गर्नुपर्ने १२ बुँदे सुझाव सरकारलाई दिएको हो ।

एमाले पोलिट्ब्युरो सदस्यसमेत रहेकी कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको उपस्थित सो बैठकले सरकाले मलको सहज आपूर्तिको सुनिश्चितता गर्ने, वनस्पति र कुहिने फोहरबाट उत्पादन गर्न सकिने आधुनिक कम्पोस्ट प्लान्ट उत्पादन केन्द्रहरु स्थापना गरी रासायनिक मलको वैकल्पिक व्यवस्था गर्ने, किसानको पहिचान, वर्गीकरण र सूचीकरण गरी परिचयपत्रको व्यवस्था गर्ने, उत्पादित कृषि उपजहरुको समर्थन मूल्य निर्धारण र बजारीकरणको सहज व्यवस्था गर्ने, खुला पशु तथा वन्यजन्तुको आक्रमणको समस्या दीर्घकालका लागी समाधानको व्यवस्था गर्ने, तीनै तहका सरकारको प्रभावकारी समन्वयमा संघीय सरकारले नीति निर्माण गर्ने, संचालनमा रहेका कृषिउपज बजारहरुको प्रभावकारी नियमन गर्ने, स्थानीय उत्पादनहरुलाई बिक्री वितरणका लागी प्राथमिकता दिन सुझाव दिएको हो ।

साथै बैठकले अक्सन सेन्टरको विकास गरी किसान र व्यापारी बीचको सप्लाई चेनको दूरी कम गर्ने, बैंकहरुबाट प्रदान सहुलियत कृषि कर्जामा अध्ययन गर्ने र किसानहरुले सहज रुपमा पाउनु पर्ने संय्नत्र निर्माण गर्न सुझाव दिएको विभाग प्रमुख गिरधारीलाल न्यौपानेले जानकारी दिए ।

सोमबार बसेको विभागको सो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि सहभागिता थियो ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  १ : ०१ बजे

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा । भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका-२

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई