६ पुस २०८२, आइतबार | December 22, 2025

ज्ञानगंगा पाठशालामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन



बुटवल । रुपन्देहीको तिलोत्तमा-४ मा अवस्थित ज्ञानगंगा पाठशालामा बुधबारदेखि ‘दोस्रो ज्ञानगंगा यू-१६ रनिङ्ग शिल्ड’ ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । छात्रहरु बीच हुने अन्तर विद्यालय जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको विद्यालयले जनाएको छ ।

प्रतियोगिताको विजेताले ८ नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो हुने समूहले ४ हजार नगद राशीसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी तृतीय हुने समूहले २ हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने विद्यालयले जनाएको छ । यसैगरी विगततर्फ बेस्ट प्लेयर, उदयमान खेलाडी र अनुशासित समूहलाई सम्मान गरिने खेल संयोजक मिलन रानाले जानकारी दिए ।

जिल्लाका १६ विद्यालयहरु प्रतिस्पर्धा गर्ने प्रतियोगितामा २२ टिम सहभागी हुने छन् । यसैगरी प्रतियोगितामा सहभागिताका लागि एक हजार प्रवेश शुल्क राखिएको उनले बताए । नकआउटका आधारमा खेल खेलाइने विद्यालयका प्राचार्य चन्द्र अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ६ : १४ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको