२ चैत्र २०८२, सोमबार | March 17, 2026

निर्वाचन प्रणालीमा सुधारका लागि सुझाव दिन प्रमुख निर्वाचन आयुक्तको आग्रह



काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणाली र कानुनमा गर्नुपर्ने सुधारका लागि सरोकारवाला पक्षसँग सुझाव माग गरेका छन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा परिचालित पर्यवेक्षण संस्थाका प्रतिनिधिसँगको समीक्षा कार्यक्रम समापन समारोहलाई आज सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचन सञ्चालन र व्यवस्थापनका अनुभवका आधारमा आयोगले कानुन संशोधनका लागि गृहकार्य गरिरहेको जानकारी दिए ।

उनले विज्ञ र अनुभवीको सुझावका आधारमा संविधान र कानुनमा संशोधन भएमा त्यसलाई कार्यान्वयन गर्न आयोग तत्पर रहेको स्पष्ट गरे । निर्वाचन प्रणालीमा हुनुपर्ने नीतिगत सुझावका लागि अध्ययन भइरहेको जनाउँदै उनले जनताको चाहना, माग र आवश्यकताका आधारमा प्रणालीगत सुधार गर्नुपर्ने भएकाले त्यसका लागि सोचिदिन आग्रह गरे ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनमा उम्मेदवारको मनोनयनका समयमा उम्मेदवारलाई तोकिएको कागजपत्र र स्वघोषणा गर्न लगाउनेसम्म आयोगको कार्यक्षेत्रमा भए पनि कुन उम्मेदवारको नागरिकता कायम रहेको हो वा होइन भनेर तत्काल प्रमाणीकरण गर्न नसकिएको उल्लेख गरे ।

कार्यक्रममा मानवअधिकारकर्मी प्रा कपिल श्रेष्ठले आयोगलाई निर्वाचनको मिति तोक्ने सवालमा कानूनी स्वायत्तता दिइनुपर्ने बताए । कार्यत्रक्रममा निर्वाचनमा संलग्न ३७ संस्थाका प्रतिनिधिले समूहगत छलफलका आधारमा निर्वाचनका असल अभ्यास र चुनौतीबारे आयोगले सुझाव दिएका थिए ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ८ : ४० बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित