२३ असार २०८३, मंगलबार | July 7, 2026

विवेकशीलको नयाँ नेतृत्वका लागि बाँस्कोटा, परियार र पाण्डेबिच प्रतिस्पर्धा हुने



काठमाडौं । आजदेखी सुरु हुने विवेकशील साझा पार्टीका प्रथम महाधिवेसनका लागि तीनजनाले नेतृत्वमा आकांक्षा व्यक्त गरेका छन ।

सो पार्टीका केन्द्रिय नेताहरु समिक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले भावी नेतृत्वको लागि आंकक्षा ब्यक्त गरेका हुन । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेसन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु गरिसकेका छन ।

“अध्यक्षका लागि अहिलेसम्म तीनजनाको नाम आएको छ, महाधिवेसनवाट नयाँ नेतृत्व चयन गर्नेछ’ परियारले भने ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १ बजे सुरु हुने महाधिवेशनको तयारी सम्पन्न भएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए । उनका अनुसार पार्टी केन्द्रिय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो ।

महाधिवेसनको राजनीतिक दस्तावेजका लागि केशव दाहाल तथा प्रस्तावित बिद्यानका लागि रमेश पौडेलले प्रस्ताव पेश गर्ने पाण्डेले जानकारी दिए । उनका अनुसार महाधिवेसन पछि विवेकशिल बहुपदीय प्रणालीमा जानेछ  ।

शुक्रबारवाट देखी सुरु हुने महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । शनिवारसम्म चल्ने महाधिवेसनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

सो पार्टीका पुर्व अध्यक्ष रविन्द्र मिश्रले ‘बिचार भन्दा माथी देश’ भन्ने फरक प्रतिवेदन पेश गरे पछि विवेकशील पार्टी छिन्न भिन्नको अवस्थामा पुगेको थियो । मिश्रका कारण राजनीतिक गतिबिधि लगभग शुन्यमा पुगेको सो पार्टीले महाधिवेसन गरेर नयाँ रुप लिन लागेको हो ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ८ : २९ बजे

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलालीमा भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज