१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

मन रमाउने चौतारी बन्दै मिलन केन्द्र



पोखरा । शहरीया जीवन निकै व्यस्त छ, पछिल्लो पुस्ताका मानिस आ–आफ्नै काममा व्यस्त छन् । ज्येष्ठ नागरिकको जीवन भने दिनप्रतिदिन एक्लिँदो छ । तिनै ज्येष्ठ नागरिकलाई भेला पारी मन बिसाउने ठाउँ बनेको छ, पोखराको विन्ध्यवासिनी मन्दिरस्थित ज्येष्ठ नागरिक मिलन केन्द्र ।

सत्तरी वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई छ वर्षयता भेला पारी आफूजस्तै दौतरीसँग रमाइलो, आफ्ना बाल्यकाल र युवाअवस्थाका दुःखसुखका कुरा आदानप्रदान गर्ने साझा चौतारीका रूपमा विकास भएको छ ज्येष्ठ नागरिक मिलन केन्द्र ।

उमेर ढल्किँदै जाँदा घरमा एक्लो महशुस हुने र आफूजस्तै उमेर समूहका सँग अन्तरङ्ग कुराकानी गर्दा मन रमाउने भएर पनि ज्येष्ठ नागरिक मिलन केन्द्रमा वृद्धवृद्धाको सङ्ख्या बढेको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले छ वर्षदेखि सञ्चालनमा ल्याएको उक्त केन्द्रमा दिनहुँ एक सयको सङ्ख्यामा उपस्थित हुने गर्छन् ।

विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्र पोखरामा दिनप्रतिदिन रमाउन जानेको सङ्ख्या बढिरहेको छ । सुरुमा ५० जना उपस्थित हुने मिलन केन्द्रमा अहिले दैनिक एक सयभन्दा बढी जम्मा हुने गरेको विन्ध्यवासिनी धार्मिक क्षेत्रविकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

विन्ध्यवासिनी मन्दिर वरपर क्षेत्रका वृद्धवृद्धा केन्द्रमा उपस्थित हुन्छन् । उनीहरूलाई रमाइलो गराउन भजनचुड्का तथा नाचगान गराइनुका साथै हप्ताको दुई दिन गीता पाठ, श्रीमद्भागवतको कथा वाचन गराइन्छ । साथै विभिन्न धार्मिक विषयमा प्रवचन दिने गरिएको जानकारी सचिव श्रेष्ठले दिए ।

गीता पाठ गर्दै वृद्धवृद्धाको मन खुसी पार्दै आएका पूर्वप्राध्यापक आनन्दराज पराजुलीले ज्येष्ठ नागरिकलाई खुसी पार्दा आयु बढ्ने मात्र हैन, उनीहरूको मनसमेत प्रपूmल्ल पार्न सकिने भनाइ राख्छन् ।

त्यति मात्र हैन उनीहरूका लागि दिउँसोको खाजा व्यवस्था विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले गरिदिएको छ, । वृद्धवृद्धाको जन्मदिनसमेत मनाइदिने गरिएको छ । दिवा सेवाअन्तरगत सञ्चालित मिलनकेन्द्रमा आवश्यक पर्ने खाजा तथा जन्मदिन मनाउनका लागि आवश्यक पर्ने सम्पूर्ण खर्चको व्यवस्था विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले व्यहोर्दै आएको समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।

मिलन केन्द्रमा पुगेका ७६ वर्षीय ज्येष्ठ नागरिक पानप्रसाद आचार्यले घरमा मात्र बसिरहनुभन्दा केन्द्रमा आउँदा धार्मिक ज्ञान र आफ्ना दौँतरीसँग भेटघाट हुने र मनका कुरा साटासाट गर्न पाइने बताउँछन् । भजन र धार्मिक प्रवचनले जीवनका पीडा सबै भुल्ने गरेको भनाइ आचार्यको छ । आचार्यले भने, “म मात्र हैन श्रीमती पनि केन्द्रमा आउने गरेकी छन् ।”

विन्ध्यवासिनी मात्र हैन पोखराको लामाचौर, पस्र्याङ, छोरेपाटन, नयाँबजारलगायतका ठाउँमा ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा छन् । पोखराका केही वडा कार्यालय समेतले ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरी सहयोग गर्दै आएका छन् । गरिब असहायका लागि भने वृद्धाश्रमसमेत खुलेका छन् ।

यस्ता मिलनकेन्द्रमा राज्यको खासै लागानी भने देखिएको छैन । यो मिलन केन्द्र मन्दिरको आम्दानीबाट चलेको छ । एक्लो जीवनले वृद्धावृद्धामा पारेको नकारात्मक प्रभाव घटाउन मिलन केन्द्र राम्रो विकल्प बनेको छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १० : १५ बजे

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट

शैक्षिक गुणस्तर सुधार्न विद्यालयमा पूर्वाधार विकास

सिरहा । यहाँको लहान नगरपालिका-८ स्थित सिद्धार्थ आधारभूत विद्यालयमा बिहीबार

बाह्र वर्षपछि दोदा नदीमा पुल निर्माण

दोधारा चाँदनी । कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा

गृहमन्त्री अर्यालको १९१ दिन : सफलतापूर्वक निर्वाचन, सुशासन र नीतिगत सुधार

काठमाडौं । जेनजी आन्दोलनपछि देश अन्योल, त्रास र अस्थिरताको अवस्थामा