२९ भदौ २०८३, सोमबार | September 15, 2026

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन



पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालन गरिएको छ । रामपुर नगरपालिकाले रु एक करोड २६ लाख लागतमा स्कुल सञ्चालनमा ल्याएको हो ।

ज्येष्ठ नागरिकलाई सम्मानसहितको सक्रिय जीवन निर्वाहसँगै संस्कार र संस्कृतिको संरक्षण, पाका पुस्ताको अनुभव र ज्ञान नयाँ पुस्तासम्म पु¥याउने उद्देश्य राखेर स्कुल सञ्चालनमा ल्याइएको नगर प्रमुख रमणबहादुर थापाले बताए । उनले भने, “सन्तानहरु रोजगारी तथा विभिन्न पेसा, व्यवसाय र पढाईको सिलसिलामा घरभन्दा बाहिर हुँदै गर्दा ज्येष्ठ नागरिक निरास जीवन जिउनुपर्ने बाध्यता छ । आफ्ना दौतरीसँग भलाकुसारी गर्दै अनुभव र ज्ञान नयाँ पुस्तामा बाँड्ने उद्देश्यका साथ स्कुल स्थापना गरेका हौँ ।”

पाकापुस्तालाई आफ्ना दौतरीसँग दिन बिताउने वातावरण स्कुलले प्रदान गर्नेछ । उनले परम्परागत संस्कार र संस्कृतिको संरक्षण गर्नु मुख्य उद्देश्य रहेको बताए । ज्येष्ठ नागरिकलाई धार्मिक प्रवचनसँगै फुर्सदको समयमा बात्ती काट्ने, दुनाटपरी बनाउनेलगायत वातावरण निर्माणसँगै बजारीकरणका लागि प्रबन्ध मिलाइएको छ ।

विद्यालयमा विषेशगरी दिउँसोको समयमा ज्येष्ठ नागरिकलाई स्कुलसम्म ल्याई पुराना संस्कार र संस्कृतिबारे नयाँ पुस्ताले अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ । स्कुलमा धार्मिक प्रवचन, भजन किर्तन, घरेलु सामग्री र यसको प्रयोग, ज्येष्ठ नागरिकका लागि दिवा खाजा, स्वास्थ्य परीक्षणसहित सन्ध्या आरतीको व्यवस्था गरिएको नगर प्रमुख थापाले बताए ।

नगरभित्रका विद्यार्थीलाई अध्ययनका लागि व्यवस्थासमेत मिलाइएको उपप्रमुख बालकुमारी थापाले बताइन् । ज्येष्ठ नागरिक स्कुलले जीवनका अनुभवलाई आपसमा साटासाट गर्नुका साथै समाजको मौलिकपनलाई पनि जीवन्त राख्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको उनले बताइन् ।

नगरपालिकाले स्कुल सञ्चालनका लागि कार्यविधि निर्माण गरी आवश्यक बजेटकोसमेत व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले बताए ।

ज्येष्ठ नागरिकलाई आउन र जानका लागि बससेवासमेत सञ्चालनमा ल्याएको छ । नगरपालिकाले बुधबारदेखि स्कुल सञ्चालनमा ल्याएको हो ।

सङ्घ, प्रदेश र स्थानीय सरकारको रु एक करोड २६ लाख लागतमा स्कुल निर्माण भएको व्यवस्थापन समिति अध्यक्ष बुद्धि प्रकाश रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  १० : ४८ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ