३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

इमरजेन्सीको टिकट दिएर अस्पतालहरुले सुरु गरे बिरामीको ओपीडी उपचार सेवा



काठमाडौं। काठमाडौं उपत्यकाका अधिकांस अस्पतालले उपचारका लागि आएका बिरामीलाई इमर्जेन्सीको टिकट दिएर उपचार गराईरहेका छन् ।

महाराजगञ्जस्थित गंगालाल हृदयरोग केन्द्रले भने बिरामीलाई ओपडी सेवा पनि उपलब्ध गराएर उपचार गराईरहेको छ भने शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, प्रसुती गृह, वीर अस्पताललगायतले उपचारका लागि आएका अस्पताल आएका ओपीडी र नियमित फलोअपका बिरामीलाई इमर्जेन्सीका टिकट दिएर उपचार गराईरहेका छन ।

नेपाल चिकित्सक संघले ट्रमा सेन्टरका एक अस्पतालका डाक्टरलाई हातपात गरेको बिरोधमा देशैभरी अस्पताल ठप्प पार्ने घोषणा गरे पनि उपत्यकाका अधिकांस अस्पतालले ओपडी सेवा लिन आएका बिरामीलाई इमर्जेन्सीको टिकट काटेर उपचार गराईरहेका छन ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका निर्देशक डा. दिनेश काफ्लेका अनुसार ओपीडी आउने नयाँ र पुराना बिरामी लाई इमर्जेन्सी टिकट दिएर सेवा दिइरहेको छ । उनका अनुसार फ्लोअपमा आउने रामीहरुलाई नियमित रुपमा सेवा दिइरहेको छ ।

परोपकार प्रसुति गृहका निर्देशक डा। पवनजंग रायमाझी भन्छन, ‘गर्भवती महिलाहरुलाई सेवा दिने भएकाले फर्काउन सकिदैंन्, ओपीडी कक्षबाटै सेवा दिइरहेका छौं ।’

कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधी बसौलाकाअनुसार अस्पतालले आएका उपचारका लागि आएका बिरामीलाई नफर्काउने गरी सेवा प्रदान गरिरहेको छ । ‘हामीले आएका बिरामीलाई फर्काएका छैनौं । ओपीडी सेवा बन्द छ तर इमर्जेन्सीको टिकट लिएर बिरामीहरुलाई सेवा प्रदान गरिरहेका छौं,’ उनले भने ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ११ : ३१ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम

एमालेले टुंगायो समानुपातिकका १६ जनाको नाम (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिकतर्फका १६ सांसदको

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको