२३ बैशाख २०८३, बुधबार | May 6, 2026

भीड व्यवस्थापन सुधार गर्न सङ्घीय अस्पतालको प्रगति विवरण सार्वजनिक



काठमाडौंँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा भीड व्यवस्थापनका सन्दर्भमा प्रगति विवरणसहित ‘रिपोर्ट’ कार्ड सार्वजनिक गरेका छन् ।

अस्पतालको सेवा सुधारसम्बन्धी रिपोर्टको पहिलो चरणमा १७ वटा सङ्घीय अस्पतालबाट प्रगति विवरण प्राप्त भएसँगै मन्त्री पौडेलले उक्त विवरण सार्वजनिक गरेका हुन्। बाँकी सङ्घीय प्रतिष्ठान र अस्पतालहरुबाट विवरण प्राप्त हुने क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सचिवलायले जनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु अस्पताल), परोपकार प्रसूति तथा स्त्रीरोग (थापाथली अस्पताल), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), भक्तपुर क्यान्सर अस्पताल (दूधपाटी भक्तपुर), भरतपुर अस्पताल (चितवन), राष्ट्रिय ट्रमा सेन्टर (महाङ्काल काठमाडौँ), भेरी अस्पताल (नेपालगञ्ज, बाँके), नारायणी अस्पताल (वीरगञ्ज), मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर (काठमाडौँ) र कान्ति बाल अस्पताल (महाराजगञ्ज, काठमाडौँ)को प्रगति विवरणमा सार्वजनिक गरिएको छ ।

त्यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (ललितपुर), बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (चितवन), सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (खजुरा, बाँके) जिपी कोइराला रााष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र (दुलेगौँडा तनहुँ), डडेलधुरा अस्पताल (डडेलधुरा), वीर अस्पताल, आयुर्वेद चिकित्सालय (नरदेवी अस्पताल, काठमाडौँ) को विवरण सार्वजनिक गरिएको हो ।

सङ्घीय अस्पतालको भीड व्यवस्थापन गर्न तथा सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाहका लागि मन्त्री पौडेलको उपस्थितिमा यही साउन ३ गते सङ्घीय अस्पताल र प्रतिष्ठानका प्रमुखहरुसँग संयुक्त बैठक बसेर नौ बुँदे निर्णय भएको थियो । निर्णय गरेको भोलिपल्ट उक्त बैठकको निर्णय कार्यान्वयनका लागि मन्त्रालयले अस्पतालहरुलाई पत्राचार गरेको थियो ।

अस्पतालहरुले भीड नियन्त्रण र व्यवस्थापन गर्ज अपनाएका उपायहरुमा विस्तारित स्वास्थ्य सेवाको (इएचएस), बहिरङ्ग (ओपीडी) सेवाको समयावधि थप तथा सिफ्ट व्यवस्थापन, चिकित्सक राउन्ड तथा बिरामी भर्ना÷डिस्चार्जबीचमा समन्वय, चिकित्सकहरुको राउन्डको तालिका तय, डिजिटल प्रणालीको अवलम्बन, अनलाइन दर्ता, भुक्तानीलगायत कार्यलाई प्राथमिकता दिएका अस्पतालहरुको विवरणमा उल्लेख छ ।

साथै अस्पतालको पूर्वाधार र व्यवस्थापनमा क्रमिक सुधार गर्दै थप काउन्टरको व्यवस्था, शौचालयको सरसफाइ, सफा पिउने पानीको निःशुल्क व्यवस्थालगायत विभिन्न योजनाहरू समावेश छन् । गुनासो व्यवस्थापनका लागि सहायता कक्ष र गुनासो बक्सको व्यवस्थापन गरिएका छन् । यी प्रयासले भीड व्यवस्थापनमा सहजता थपेको अस्पतालको विवरणमा उल्लेख गरिएको छ ।

औषधिको उपलब्धता सुनिश्चित गर्न र बीमा गरिएका बिरामीका लागि फार्मेसी सेवालाई व्यवस्थित गरिएको छ । सेवाग्राहीको गुनासो सम्बोधन गर्ने प्रणाली व्यवस्थित गरिएको रिपोर्ट कार्डमा समावेश छ । बिरामी र आगन्तुकका लागि जाँच र सहायता कक्षको व्यवस्था गरिएकाले अस्पतालका सेवालाई थप प्रभावकारी, व्यवस्थित र बिरामीमैत्री बनाउँदै लगिएको रिपोर्ट कार्डमा उल्लेख छ ।

स्वास्थ्यमन्त्री पौडेलले भने, “सरकारी अस्पतालमा सेवा लिन जाँदा लामो लाइनमा बस्नु परेको, अलमलिनु परेको र झन्झटिलो भन्ने आमनागरिकको गुनासो मन्त्रालय सम्हाल्नुअघि नै देखेको हो । लामो समयदेखिको यो समस्यालाई समाधान गर्न सम्बन्धित निकायले पनि प्रयास गरिरहेका थिए । स्वास्थ्य सेवालाई नागरिकमैत्री र सहज बनाउन हामीले प्रयास थालेका छौँ ।” आमनागरिकको पहुँचमा स्वास्थ्य सेवा पु¥याउने कार्यमा सरकार सदैव अस्पताल तथा सरोकार भएकासँग सहकार्य र समन्वय गर्न तयार रहेको उनले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १ : २१ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा