६ पुस २०८२, आइतबार | December 22, 2025

तिलोत्तमामा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पुरा



तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको वडा नम्बर-४ स्थित जनज्योती खेल मैदानमा भोली फागुन १ गतेदेखि हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ ।

तिलोत्तमा नगरपालिकाको आयोजनामा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख गंगाराम आचार्यले जानकारी दिए । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मैदान निर्माण लगायत अन्य सम्पुर्ण तयारी पूरा भएको खेलकुद संचालन समितिका सदस्य तथा व्यवस्थापक दिपक खनालले बताए ।

चौथो राष्ट्रपति रनिङ्ग शिल्डको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्ने भएका छन् । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका संयोजक नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख गंगाराम आचार्यलेले रनिङ्ग शिल्ड प्रतियोगिता विद्यार्थीहरुलाई विद्यालय स्तरबाटै खेलकुदमा रुचि जगाउने र उनीहरूको प्रतिभा पहिचान गराउने भएकोले यसलाई खेल महोत्सवकै रूपमा लिएर उत्साहका साथ सहभागी हुन आह्वान गरेका छन् ।

यस प्रतियोगितालाई नगरपालिकाकै गरिमाको रुपमा हेरिएको बताउदै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सबै बिद्यालय, बिद्यार्थी तथा अभिवावकहरु र खेलप्रेमी महानुभावहरुलाई सो प्रतियोगितालाई आ आफ्नो तवरबाट सहभागिता जनाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।

प्रतियोगितामा नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी ३६ विद्यालयले सहभागीता जनाउनेछन् । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ३० स्वर्ण पदकका लागि चार हजार बढी खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा भलिबल, कबर्डी, एथलेटिक्स र मार्सल आर्टसका विभिन्न विधामा खेल सञ्चालन हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका सचिवालय सदस्य एवं कुँवरवर्ति अंग्रेजी माध्यामिक बिद्यालयका प्रधानाध्यापक दिपक खनालले बताए ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ५ : ३८ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको