१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

फागुनमा तीन चलचित्र प्रदर्शनमा आउँदै



काठमाडौं । फागुनमा तीन नेपाली चलचित्र प्रदर्शनमा आउँदैछन् । विदेशी चलचित्रसँग नजुँधाइ प्रदर्शनको तयारी गरेपनि स्वदेशी दुई चलचित्रको भने जुँध्ने भएका छन् । फागुन १९ मा दुई ठूला चलचित्र ‘छक्का पञ्जा ४’ र ‘छड्के २।०’ एकसाथ प्रदर्शन हुँदैछन् ।

यस्तै, फागुन ४ मा चलचित्र ‘फूलबारी’ प्रदर्शन हुँदैछ । तीन वटै चलचित्र फरक श्रेणी तथा दर्शकलाई लक्षित गरेर निर्माण गरिएको निर्माताले बताएका छन् । चलचित्र ‘फूलबारी’ मा अवकाश प्राप्त शिक्षकको जीवनी देखाइएको छ । छोरासँग समय बिताउन चाहेका शिक्षक दम्पती र सन्तानबीचको कथा समेटिएको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन ।

“परिवारको महत्वलाई चलचित्रमार्फत आम दर्शक समक्ष पु¥याउने कोसिस गरेका छौँं । मेरो अघिल्लो चलचित्रको तुलनामा यो भिन्न छ”, निर्देशक गुरुङले भने । यसमा विपीन कार्कीले शिक्षकको भूमिका निर्वाह गरेकी छिन । साथै, अरुणा कार्की, प्रियङ्का कार्की, दयाहाङ राई, शिल्पा मास्के, सोमनाथ खना, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीले अभिनय गरेका छन । यशोधा फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा रहेको छ ।

दीपकराज गिरीसहित दीपाश्री निरौला र केदार घिमिरे समूहको चलचित्र ‘छक्का पञ्जा ४’ लाई हेमराज विसीले निर्देशन गरेका छन । राजनीतिलाई पृष्ठभूमि बनाएर चलचित्र तयार गरिएको हो । यसको पटकथा तथा संवाद अभिनेता गिरीले तयार पारेका हुन ।

“दर्शकले रुचाउने चलचित्र तयार गरेका छौँ । अघिल्लो शृङ्खला हेरेर आउनुभएका दर्शकलाई यसले निराश बनाउँदैन”, गिरीले भन् । यसमा नरेन्द्र मैनालीको छायाङ्कन, रोशन श्रेष्ठको द्वन्द्व, निमेष श्रेष्ठको सम्पादन छ ।

त्यस्तै, ‘छड्के’ को सिक्वेल ‘छड्के २।०’ ग्याङस्टर श्रेणीको चलचित्र हो । प्राकृतिक स्रोत हत्याउन सङ्घर्ष गर्ने तीन ग्याङको कथा चलचित्रमा देखाइएको छ । ग्रीन ग्याङको नाइकेको रूपमा अभिनेता अनमोल केसी देखिएका छन । “म टाईपकास्ट भन्दा पनि विभिन्न भूमिकामा आफूलाई प्रस्तुत गर्न चाहन्छु”, अभिनेता केसीले भने, “यो मेरो र दर्शकका लागि फरक अनुभव छ । यसमा हिंस्रक अवतारमा प्रस्तुत भएको छु ।”

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा रहेको चलचित्रमा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।

अन्य हप्ता खाली राखेर फागुन १९ मा दुई चलचित्र प्रदर्शनमा आउनुले दुवैपक्षलाई घाटा हुने वितरक करण श्रेष्ठले बताए । उनले भने, “आश गरिएका दुई चलचित्र एकसाथ प्रदर्शनमा आउनु राम्रो होइन । यसले नेपालमा मात्र नभइ अन्तराष्ट्रिय बजारमासमेत असर गरेको छ । यस्ता विषयमा सम्बन्धित निकायले पहल गरेर मिलाउनुपर्छ ।”

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ६ : २५ बजे

तिलोत्तमाको मंगलापुर-कान्छीबजार सडक खण्डको दोस्रो चरणको निर्माण कार्य शुरु

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मंगलापुर-कान्छीबजार सडक खण्ड अन्तर्गत दोस्रो

राष्ट्रियसभा बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेश भएन

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । संघीय

कांग्रेसको प्रतिक्रिया – नीति तथा कार्यक्रम परम्परागत, नयाँ कुरा छैन

काठमाडौं। नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कायर्क्रम परम्परागत रहेको

राष्ट्रपति पौडेलबाट आव २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुबै सदनको संयुक्त