४ श्रावण २०८३, सोमबार | July 20, 2026

फागुनमा तीन चलचित्र प्रदर्शनमा आउँदै



काठमाडौं । फागुनमा तीन नेपाली चलचित्र प्रदर्शनमा आउँदैछन् । विदेशी चलचित्रसँग नजुँधाइ प्रदर्शनको तयारी गरेपनि स्वदेशी दुई चलचित्रको भने जुँध्ने भएका छन् । फागुन १९ मा दुई ठूला चलचित्र ‘छक्का पञ्जा ४’ र ‘छड्के २।०’ एकसाथ प्रदर्शन हुँदैछन् ।

यस्तै, फागुन ४ मा चलचित्र ‘फूलबारी’ प्रदर्शन हुँदैछ । तीन वटै चलचित्र फरक श्रेणी तथा दर्शकलाई लक्षित गरेर निर्माण गरिएको निर्माताले बताएका छन् । चलचित्र ‘फूलबारी’ मा अवकाश प्राप्त शिक्षकको जीवनी देखाइएको छ । छोरासँग समय बिताउन चाहेका शिक्षक दम्पती र सन्तानबीचको कथा समेटिएको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन ।

“परिवारको महत्वलाई चलचित्रमार्फत आम दर्शक समक्ष पु¥याउने कोसिस गरेका छौँं । मेरो अघिल्लो चलचित्रको तुलनामा यो भिन्न छ”, निर्देशक गुरुङले भने । यसमा विपीन कार्कीले शिक्षकको भूमिका निर्वाह गरेकी छिन । साथै, अरुणा कार्की, प्रियङ्का कार्की, दयाहाङ राई, शिल्पा मास्के, सोमनाथ खना, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीले अभिनय गरेका छन । यशोधा फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा रहेको छ ।

दीपकराज गिरीसहित दीपाश्री निरौला र केदार घिमिरे समूहको चलचित्र ‘छक्का पञ्जा ४’ लाई हेमराज विसीले निर्देशन गरेका छन । राजनीतिलाई पृष्ठभूमि बनाएर चलचित्र तयार गरिएको हो । यसको पटकथा तथा संवाद अभिनेता गिरीले तयार पारेका हुन ।

“दर्शकले रुचाउने चलचित्र तयार गरेका छौँ । अघिल्लो शृङ्खला हेरेर आउनुभएका दर्शकलाई यसले निराश बनाउँदैन”, गिरीले भन् । यसमा नरेन्द्र मैनालीको छायाङ्कन, रोशन श्रेष्ठको द्वन्द्व, निमेष श्रेष्ठको सम्पादन छ ।

त्यस्तै, ‘छड्के’ को सिक्वेल ‘छड्के २।०’ ग्याङस्टर श्रेणीको चलचित्र हो । प्राकृतिक स्रोत हत्याउन सङ्घर्ष गर्ने तीन ग्याङको कथा चलचित्रमा देखाइएको छ । ग्रीन ग्याङको नाइकेको रूपमा अभिनेता अनमोल केसी देखिएका छन । “म टाईपकास्ट भन्दा पनि विभिन्न भूमिकामा आफूलाई प्रस्तुत गर्न चाहन्छु”, अभिनेता केसीले भने, “यो मेरो र दर्शकका लागि फरक अनुभव छ । यसमा हिंस्रक अवतारमा प्रस्तुत भएको छु ।”

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा रहेको चलचित्रमा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।

अन्य हप्ता खाली राखेर फागुन १९ मा दुई चलचित्र प्रदर्शनमा आउनुले दुवैपक्षलाई घाटा हुने वितरक करण श्रेष्ठले बताए । उनले भने, “आश गरिएका दुई चलचित्र एकसाथ प्रदर्शनमा आउनु राम्रो होइन । यसले नेपालमा मात्र नभइ अन्तराष्ट्रिय बजारमासमेत असर गरेको छ । यस्ता विषयमा सम्बन्धित निकायले पहल गरेर मिलाउनुपर्छ ।”

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ६ : २५ बजे

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, सेना-प्रहरीद्वारा खोजी तीव्र

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ टिप्न

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको

साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौं । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित