४ भदौ २०८३, बिहिबार | August 20, 2026

नामिबियाविरुद्ध कुशल भुर्तेलको शतक



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शृखंलाअन्तर्गत नामिबिया र नेपालबीच खेल भइरहेको छ ।

नामिबियाले दिएको २८६ रनको चुनौती पछ्याउने क्रममा नेपालका कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । उनले ९९ बलमा ४ छक्का र ९ चौका प्रहार गर्दै शतक पूरा गरेका हुन् ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले ४१।५ ओभरको समाप्तिमा ५ विकेट गुमाएर २३६ रन जोडेको छ ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन जोडेको हो ।

नामिबियाले माइकल भान लिगेनको १३३ र कप्तान जर्हार्ड इरासमसले ५६ रन जोडेसँगै नेपाललाई २८६ रनको चुनौती दिएको हो ।

नामिबियालाई सस्तैमा समेट्ने प्रयासमा नेपालका लागि करण केसीले ५ विकेट, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले एक एक विकेट लिए।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ४ : ४३ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने