२१ भदौ २०८३, आइतबार | September 6, 2026

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले आज आयोजक नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा रहेको छ ।

नेपाली समयअनुसार दिउँसो २ः४५ बजे नेदरल्यान्ड्सको उट्रेख्तस्थित मैदानमा सुरु हुने खेल नेपालका लागि निकै महत्त्वपूर्ण मानिएको छ । शीर्ष चारभित्र रहेर विश्वकप छनोटको सम्भावना कायम राख्न नेपाललाई बाँकी खेलमा उत्कृष्ट प्रदर्शन आवश्यक छ ।

नेपालले यसअघि नामिबियासँग पराजय बेहोरेपछि चार अंक गुमाएको थियो । त्यसैले आजको खेलमा जित निकाल्दै अंक तालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्य टोलीको रहेको छ ।

यस शृङ्खलामा नेपालले जुलाई २७ मा पुनः नामिबियासँग तथा जुलाई २९ मा फेरि नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ ।

हालसम्म २९ खेलबाट २४ अंक जोडेको नेपाल अंक तालिकाको पाँचौँ स्थानमा छ । समान खेल खेलेको नामिबियासँग पनि २४ अंक रहे पनि राम्रो रनरेटका आधारमा नामिबिया छैटौँ स्थानमा छ । आयोजक नेदरल्यान्ड्स २८ खेलबाट ३२ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

अंक तालिकाको शीर्ष स्थानमा अमेरिका ४३ अंकसहित रहेको छ भने स्कटल्यान्ड ३८ अंकसहित दोस्रो स्थानमा छ । ओमान ३१ अंकसहित चौथो स्थानमा छ । ओमानलाई उछिनेर शीर्ष चारमा पुग्न नेपालले बाँकी खेलमध्ये कम्तीमा चार खेल जित्नुपर्ने अवस्था रहेको छ। क्यानडा २४ अंकसहित सातौँ तथा युएई १४ अंकसहित पुछारमा रहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ८ : ०९ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना

काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा