२७ बैशाख २०८१, बिहिबार | May 10, 2024

सञ्चारमन्त्री शर्माले गरिन् एनटिभी कोहलपुर र गोरखापत्र प्रकाशन गृह कोहलपुरको निरीक्षण

रेडियो नेपाल र टेलिभिजनलाई संयुक्तरूपमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी



कोहलपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजन (एनटिभी) कोहलपुर प्रसारण केन्द्रको आज निरीक्षण गरेकी छन् । सो अवसरमा केन्द्रका प्रमुख विजयकुमार वर्माले केन्द्रको प्रगति तथा समस्याबारे उनलाई जानकारी गराए ।

सोही क्रममा मन्त्री शर्माले आजै कोहलपुरस्थित गोरखापत्र दैनिक पत्रिकाको प्रकाशन गृहको अनुगमन तथा निरीक्षण गरेकी छन् । निरीक्षणका क्रममा उनले पछिल्लो समयमा सामाजिक सञ्जालको प्रयोग बढेकाले पाठक, दर्शक र स्रोताले रुचाउने किसिमका सामग्री उत्पादन गरी प्रशारण एवं प्रकाशन गर्नुपर्नेमा जोड दिइन् ।

सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले नेपालको संविधानमा गरिएको व्यवस्थाबारे लक्षित वर्गलाई जानकारी दिनेजस्ता जनमुखी कार्यक्रम उत्पादन तथा प्रसारण गर्न आग्रह गरिन् । सरकारले रेडियो नेपाल र टेलिभिजनलाई संयुक्तरूपमा सञ्चालन गर्ने तयारी गरिरहेको उनले जानकारी दिइन् । मन्त्री शर्माले सरकारी सञ्चार माध्यमलाई स्थानीय सरकारसँग सहकार्य गर्न निर्देशनसमेत दिइन् ।

त्यस अवसरमा नेपाल टेलिभिजनका अध्यक्ष समिरजङ्ग शाहले संस्थालाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि आफूहरू लागिपरेको बताउँदै टेलिभिजनका कार्यक्रम तथा समाचार सामग्रीमा परिमार्जन गरी नयाँ ढङ्गले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  १० : १५ बजे

माछापुच्छ्रे बैंकले दियो दुर्गमको सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर

काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्गम क्षेत्रको बिद्यार्थीहरुको सूचना प्रविधिको शिक्षालाई

बैंकिङ कसुर मुद्दामा फरार खजुराकी अनु पक्राउ

नेपालगन्ज । फरार अभियुक्त पक्राउलाई तिब्र पारेको बाँके प्रहरीले बैंकिङ

संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ, समीक्षा र सुधार जरुरी छ : पूर्व सभामुख ढुङ्गाना

काठमाडौं । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको