३ आश्विन २०८३, शनिबार | September 20, 2026

सञ्चारमन्त्री शर्माले गरिन् एनटिभी कोहलपुर र गोरखापत्र प्रकाशन गृह कोहलपुरको निरीक्षण

रेडियो नेपाल र टेलिभिजनलाई संयुक्तरूपमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी



कोहलपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजन (एनटिभी) कोहलपुर प्रसारण केन्द्रको आज निरीक्षण गरेकी छन् । सो अवसरमा केन्द्रका प्रमुख विजयकुमार वर्माले केन्द्रको प्रगति तथा समस्याबारे उनलाई जानकारी गराए ।

सोही क्रममा मन्त्री शर्माले आजै कोहलपुरस्थित गोरखापत्र दैनिक पत्रिकाको प्रकाशन गृहको अनुगमन तथा निरीक्षण गरेकी छन् । निरीक्षणका क्रममा उनले पछिल्लो समयमा सामाजिक सञ्जालको प्रयोग बढेकाले पाठक, दर्शक र स्रोताले रुचाउने किसिमका सामग्री उत्पादन गरी प्रशारण एवं प्रकाशन गर्नुपर्नेमा जोड दिइन् ।

सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले नेपालको संविधानमा गरिएको व्यवस्थाबारे लक्षित वर्गलाई जानकारी दिनेजस्ता जनमुखी कार्यक्रम उत्पादन तथा प्रसारण गर्न आग्रह गरिन् । सरकारले रेडियो नेपाल र टेलिभिजनलाई संयुक्तरूपमा सञ्चालन गर्ने तयारी गरिरहेको उनले जानकारी दिइन् । मन्त्री शर्माले सरकारी सञ्चार माध्यमलाई स्थानीय सरकारसँग सहकार्य गर्न निर्देशनसमेत दिइन् ।

त्यस अवसरमा नेपाल टेलिभिजनका अध्यक्ष समिरजङ्ग शाहले संस्थालाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि आफूहरू लागिपरेको बताउँदै टेलिभिजनका कार्यक्रम तथा समाचार सामग्रीमा परिमार्जन गरी नयाँ ढङ्गले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  १० : १५ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब