९ चैत्र २०८२, सोमबार | March 23, 2026

अनेरास्ववियु महाधिवेशन : सहमती नभए नयाँ नेतृत्वका लागि आज मनोयन र मतदान



काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च (अनेरास्ववियु) को ममहाधिवेशनको नयाँ नेतृत्व चयनका लागि आजबाट मतदान प्रक्रिया सुरु हुने भएको छ । लामो समय निर्वाचनबाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्ने घोषणा गरेको हो ।

त्यसका लागि निबर्तमान अध्यक्ष सुनिता बरालले हिजो नै आफनो कमिटी भंग भएको भन्दै भानुभक्त ढकाल नेतृत्वको अध्यक्ष मण्डलको घोषणा गरिसकेकी छिन् । जसमा खिमलाल भट्टराई, बिनोद ढकाल, रचना खडका, माधव ढुंगेल, किशोरबिक्रम मल्ल, नबिना लामा, ऐन महर र सुनिता बराल सदस्य रहेका छन् ।

अखिलको भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोति विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन् ।

‘निः शुल्क शिक्षा, स्वास्थ्य र पुर्ण रोजगार, समृद्ध नेपालको निमार्णको आधा, गुणस्तरीय शिक्षा, गतिशिल संगठन, स्वबियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नारासहित अखिलको २३ औं राष्ट्रिय महाधिसन को हिजो नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरिसकेका छन । महाधिवेशन २-४ फागुनसम्म काठमाडौंमा आयोजना हुनेछ । महाधिवेसनमा सहभागी हुन देशभरीबाट १०८० प्रतिनिधि आएका छन ।

निवर्तमान अध्यक्ष बरालका अनुसार जारी महाधिवेशनका मुख्य उदेश्य भनेको नेतृत्व छनौट गर्ने हो । उनका अनुसार जारी महाधिवेशनले १९९ सदस्सीय केन्द्रिय समिति तथा तीनवटा केन्द्रिय आयोग पनि निमार्ण गर्नेछ । प्रत्येक आयोगमा ५-५ जना सदस्य हुनेछन ।

उनका अनुसार सहमतीयबाट आज नेतृत्व चयन हुन नसकेमा बिद्युतीय मतदानबाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाईएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ७ : २८ बजे

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत