२७ फाल्गुन २०८२, बुधबार | March 12, 2026

चौथो तिलोत्तमा रनिङशिल्डको समापन आज, १० स्वर्णसहित कुंवरवर्तीको अग्रता



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा जारी चौथो तिलोत्तमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कुंवरवर्ती बोर्डिङ स्कुल तिलोत्तमा-८ ले फराकिलो अग्रता कायम गरेको छ । कुल ३० स्वर्ण पदक मध्ये २० वटा इभेन्टका खेलहरु सकिंदा कुंवरवर्तीले १० स्वर्ण पदक जित्दै अग्रता हासिल गरेको हो ।

वडा नम्बर ४ स्थित जनज्योति क्लबको खेल मैदानमा भएको जारी प्रतियोगितामा पशुपति मावि कोटिहवाले २ तथा होराइजन जीबीएस, जनजागृति, शान्ति नमूना,टिकुलिगढ मावि,सेन्ट जोसेफ बोर्डिङ, न्यू इन्भाइरन्मेन्ट, पर्ल एकेडेमी र सिद्धार्थ बोर्डिङ स्कूलले एक–एक स्वर्ण पदक जितेका प्रतियोगिताको एथलेटिक्स संयोजक मित्रलाल न्यौपानेले जानकारी दिए ।

यस्तै छात्र छात्रा भलिबलतर्फ कुंवरवर्ती बोर्डिङ स्कूल फाइनलमा प्रवेश गरेको छ । उसले छात्रतर्फ जनज्योति मावि र छात्रातर्फ सेन्ट जोसेफसंग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भलिबल संयोजक मिलन रानाले जानकारी दिए ।

यस्तै कबड्डीतर्फ छात्राको फाइनलमा होराइजन जीबीएस र नवज्योति, छात्रतर्फ पहिलो सेमिफाइनलमा नवज्योति र पश्चिम पहुनी माविबीच हुने छ । दोस्रो सेमिफाइनल खेल सेन्ट जोसेफ र शान्ति नमूना माविबीच हुने कबड्डी संयोजक राजेन्द्र केसीले जानकारी दिए । नगरभित्रका सरकारी र निजी गरी ३७ विद्यालयका करिब ४ हजार विद्यार्थीले विभिन्न इभेन्टमा प्रतिष्पर्धा गरेका तिलोत्तमा नगरपालिकाका शिक्षा शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए ।

प्रतियोगिताको आज बिहान ११ बजे समापन हुने भएकाले नगरभित्रका विद्यालयका शिक्षक र प्रतियोगितामा भाग लिएका विद्यार्थीहरुलाई उपस्थित हुन प्रतियोगिताको सचिवालय संयोजक दीपक खनालले आग्रह गरेका छन् ।

यसअघिका प्रतियोगितामा पहिलो संस्करण नवज्योति बोर्डिङ स्कुलले तथा दोस्रो र तेस्रो संस्करणको रनिङ शिल्ड कुंवरवर्ती बोर्डिङ स्कुल तिलोत्तमा ८ ले जितेको थियो ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ९ : ३५ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब