३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

नयाँ बसपार्क घटनाका दोषीलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको घटनामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सुरक्षा अंगका प्रमुखहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले उक्त घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

गत सोमबार नयाँ बसपार्क क्षेत्रमा यातायात मजदुरसहितको आन्दोलनका क्रममा दुईवटा प्रहरी भ्यान, प्रहरी बिटमा आगजनी तथा मोबाइल पसल चोरी भएको थियो । साथै करिब तीन दर्जन जति सुरक्षाकर्मी घाइते भएका छन् ।

उक्त घटनालाई आफूले गम्भीर रुपमा लिएको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले काठमाडौंमै यस प्रकृतिको भएको घटना राज्यले गम्भीर रुपमा लिएको बताएका हुन् । घटनाको गहिरो अध्ययन गरेर दोषीलाई कारबाही र पीडितलाई न्याय पाउने वातावरण बनाउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ५ : ०१ बजे

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौँ । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको