३१ भदौ २०८३, बुधबार | September 16, 2026

सन् २०१८ मा थाई गुफाबाट उद्धार गरिएका एककाे बेलायतमा मृत्यु



लन्डन  । सन् २०१८ मा विश्वव्यापी ध्यानाकर्षण भएको एक साता लामो अपरेसनपछि बाढीले भरिएको थाई गुफाबाट उद्धार गरिएका १२ बालकमध्ये एक डुआङ्फेट फ्रोमथेपको बेलायतमा मृत्यु भएको छ।

सिएनएनका अनुसार इङ्गल्याण्डको लिसेस्टरशायरमा रहेको फुटबल एकेडेमीमा भर्ना भएका फ्रोमथेपको अस्पताल लगिएपछि मृत्यु भएको बेलायती प्रहरीले जानकारी दिएको हो ।

थाई सरकारको जनसम्पर्क शाखाको उत्तरी क्षेत्रीय शाखाले १७ वर्षीय फ्रोमथेपको दुर्घटनाका कारण मृत्यु भएको जनाएको छ । थप विवरण भने उसले दिएको छैन् । चियाङ राई प्रान्तमा उनको घरको वातावरण शोकले भरिएको थियो ।

जिको फाउन्डेसनले फ्रोमथेपलाई युकेमा फुटबल छात्रवृत्ति मार्फत अध्ययन गर्न मद्दत गरेको थियो, बुधवार सो फाउन्डेसनले फेसबुकमा लेखेको छ, ‘जिको फाउन्डेसनको छात्रवृत्ति विद्यार्थी डोम डुआंगपेट फ्रोमथेपको निधनको हामी दुःख व्यक्त गर्न चाहन्छौ ।’

फ्रोमथे द ब्रुक हाउस कलेज फुटबल एकेडेमीमा फुटबल छात्रवृत्तिमा भर्ना भएका थिए।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ७ : ३९ बजे

रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

मुगुको कलाई आसपास भूकम्पका दुई धक्का

काठमाडौं । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ । मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत