१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

दशौं दीप गायन ताराको उपाधी कालिका मानवज्ञानका विवेक पङेनीलाई



बुटवल । रुपन्देहीको बुटवल-८ सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले आयोजना गरेको दशौं अन्तर मा.वि. दीप गायन तारा प्रतियोगितामा कालिका मानवज्ञान मा.वि.का विद्यार्थी विवेक पङ्गेनी दीप गायन तारा बन्न सफल भएका छन् । ५१ जना अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उनी शुक्रबार सम्पन्न ग्राण्ड फिनालेमा उपाधी चुम्न सफल भएका हुन् ।

त्यस्तै एम्स इङ्ग्लिश सेकेन्डरी स्कुलका अनुज गाहा द्वितीय, लुम्बिनी बोर्डिङ स्कुलका समिरे घिमिरे तृतीय, कान्ति मा।वि।का प्रेम विक र स्कलर्स बोर्डिङ स्कुलका रेनुका सुनारले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रतियोगितामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई समितिका कार्यालय प्रमुख दीपेन्द्र ढकालले दीप बोर्डिङ हाई स्कुलले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ भन्दै यस विद्यालयले जिल्ला स्तरीय दीप गायन तारा प्रतियोगिता आयोजना गरेर गीत सङ्गीतको क्षेत्रमा अतुलनीय योगदान पु¥याइरहेको र आगामी दिनमा यस विद्यालयले अझ बढी शैक्षिक तथा अतिरिक्त क्रियाकलापतर्फ थप सफलता प्राप्त गरोस् भन्ने शुभकामना दिए ।

प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई÷दुई हजारका साथ सिल्ड, मेडल, प्रमाणपत्र तथा टप टेनमा पर्न सफल अन्य ५ जना विद्यार्थीहरूले नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय हास्यव्यङ्ग्य कलाकार राजाराजेन्द्र पोख्रेलले शैक्षिक, समसामयिक विषयवस्तुमा हास्यव्यङग्य प्रस्तुत गरेका थिए भने नवौँ दीप गायन ताराका विजेता कुशल आचार्यले गीत प्रस्तुत गरेका थिए । दशौं दीप गायन तारा प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण पत्रकार, शुभेच्छुक र शिक्षकशिक्षिका तथा कर्मचारी वर्गलाई कार्यक्रम संयोजक पुरुषोत्तम पाण्डेयले धन्यवाद दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजुको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका कार्यालय प्रमुख दीपेन्द्र ढकालको प्रमुख आतिथ्यता, राष्ट्रिय परीक्षा बोर्ड बुटवलका शाखा अधिकृत बाबुराम भण्डारी, प्याव्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईं, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्रकुमार शाक्य, वि.व्य.स. सदस्य वसन्तकुमार जोशी, विष्णुमाया श्रेष्ठ, लेखाप्रमुख रेखा श्रेष्ठ लगायतको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा वि.व्य.स. अध्यक्ष राजेन्द्रप्रसाद ध्वजुले स्वागत र उपप्राचार्य कलाधर अर्यालले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेय, विजय सापकोटा र बालकृष्ण पाठकले संयुक्त रूपमा गरेका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ६ : ४९ बजे

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र

फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौँ । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज