२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

रोहित र करनको उत्कृष्ट साझेदारीमा नेपालको रोमाञ्चक जित



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि नेपालले जितेको छ । चौथो तथा आजको अन्तिम खेलमा स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपालले सिरिजमाथि कब्जा जमाएको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेपछि स्कटल्याण्डले पहिला ब्याटिङको निम्तो पाएको थियो । स्कटल्याण्डले निर्धारित ५० ओभरको खेलमा ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै दुई सय १२ रनको योगफल बनायो । दुई सय १३ रनको विजय लक्ष्य नेपालले ३५ बल बाँकी छँदै आठ विकेट गुमाएर पुरा ग¥यो ।

नेपालले ६१ रन बनाउँदा आफ्ना महत्वपूर्ण पाँच विकेट गुमाइसकेको थियो । एक सय ३८ रन बनाउँदा आठ विकेट गुमाएको अवस्थामा नेपाली पारीलाई कप्तान रोहितकुमार पौडेल र अलराउण्डर करण केसीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि सिरिजको उपाधि सुरक्षित सम्भव भएको हो । दुवैबीच ७५ रनको साझेदारी भएको हो । कप्तान पौडलेले अविजित ९५ तथा केसीले ३१ रनको योगदान दिए । यस्तै ज्ञानेन्द्र मल्लले २१, कुशल मल्लले १७ र आशिफ शेखले १२ रन बनाए । बलिङतर्फ स्कटल्याण्डका मार्क वाटले तीन र क्रिस ग्रेभ्ब्सले दुई विकेट लिए ।

यसअघि दुई सय १२ रन बनाउने क्रममा स्कटल्याण्डका लागि जर्ज मुन्शेले सर्वाधिक ६० रनको योगदान दिए । उनले ५० बलमा नौ चौका र दुई छक्काको मद्दतमा ६० रन बनाए । यस्तै म्याथ्यु क्रसले ४२, ब्रेन्डन म्याकुलमले ३१ तथा काइल कोट्जर र क्रिसटोफर म्याकब्राइडले समान २२/२२ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दिप लामिछानेले चार विकेट लिए । यस्तै करण केसीले तीन, ललितनारायण राजवंशी र कुशल मल्लले समान एक एक विकेट लिए । यसअघिको खेलमा पनि नेपालले स्कटल्याण्डलाई तीन विकेटले हराएको थियो । यस्तै नेपालले नामिबियाविरुद्धको पहिलो खेल दुई विकेटले र दोस्रो खेल तीन विकेटले जितेको थियो । लिग–२ मा नेपाल २६ अङ्कका साथ छैटौँ स्थानमा छ ।

नेपालले हालसम्म खेलेका २८ खेलमध्ये १२ मा जित तथा १४ खेलमा हार बेहोरेको छ । यस्तै स्कटल्याण्डले ३६ खेलमा ५० अङ्क जोड्दै शीर्षस्थान रहँदै लिग–२ टुङ्ग्याएको छ । स्कटल्याण्ड लिग–२ को च्याम्पियनसमेत बनेको छ । यस्तै जारी सिरिजमा चारवटै खेलमा पराजित भएको नामिबियाले हालसम्म ३४ खेल खेल्दै ३७ अङ्क जोडेको छ । नामिबिया लिग–२ को तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ४ : ४१ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज