३ पुस २०८२, बिहिबार | December 19, 2025

असहाय विद्यार्थीलाई थापा फर्निचर परिवारको छात्रवृत्ती सहयोग



बुटवल । लायन्स क्लब अफ बुटवल क्षितिज डिस्ट्रीक्ट ३२५ पीको सहयोगमा विद्यालय सहयोग कार्यक्रम आज एक कार्यक्रमका बिचमा सम्पन्न भएको छ ।

बुटवल उपमहानगरपालिका वडा न ४ मा रहेको लक्ष्मी मावी का गरिब तथा जेहेन्दार छात्र तथा छात्रालाई लायन्स क्लब अफ बुटवल क्षितिजको पहलमा सहयोग छात्रवृत्ती गरिएको हो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी लायन पिएमसिसि पिएमजेएफ सुनिल ओजान्थान्चेले लायन्स अन्तराष्ट्रिय संस्था भएतापनि स्थानिय तहमा विभिन्न असाहय तथा गरिब परिवारलाई माथि उठाउने अभियानमा आफ्ना कदमहरु अगाडि बढाउदै लगेको बताए ।

हाल लक्ष्मी मावीमा अध्यनरत किड्नी फेल भएका कक्षा २ मा अध्ययन गर्ने छात्र श्रृष्टी पाठक सहित कक्षा ४ मा अध्ययन गर्ने बसन्त पुन, र कक्षा ५ मा अध्ययन गर्ने पूणबिर रास्कोटीलाई कक्षा १० सम्म अध्ययन गर्नका लागि लाग्ने सम्पुर्ण खर्च व्यवस्थापन थापा फर्निचर उद्योगले जिम्मा लिएको आयन्स क्लब अफ बुटवल क्षितीजका अध्यक्ष एमजेएफ पुजन थापाले जानकारी दिए । कार्यक्रममा लायन्स क्लब अफ बुटवलका सचिव अभिमन्यु पन्थी सहित पुर्व अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

सो अवसरमा लक्ष्मी मावीका प्राचार्य शान्ती शर्माले विद्यालयका छात्र छात्रालाई गरेको सहयोग प्रति थापा फर्निचर उद्योग तथा लायन्स क्लब अफ बुटवल क्षितिजलाई धन्यवाद ज्ञापन गर्दै क्लबले गरेको सामाजिक कार्यले गरिब तथा जेहेन्दार विद्यार्थीलाई पढ्ने वातावरण बनाउन पहल गरेको प्रति आभार प्रकट गरिन ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ५ : १८ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको