२६ असार २०८३, शुक्रबार | July 11, 2026

संसदमा प्रकाश ज्वालाको प्रश्न – याे देशमा श्री ५ महाराजाधिराज र राजतन्त्र छ ?



काठमाडौं । एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले  राजतन्त्र र राजाका नाममा मेची-महाकाली प्रचार भइरहेको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका उनले विद्यमान व्यवस्थामाथि प्रहार भइरहेकाले यसविरुद्ध लड्नुपर्ने बताए ।

दुर्गा प्रसाईंको नेतृत्वमा भइरहेको राष्ट्र, राष्ट्रिय र धर्मसंस्कृति संरक्षण अभियानलाई इंगित गर्दै उनले गणतन्त्रसहित राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेकाले यसविरुद्ध लाग्नुपर्ने बताएका हुन् ।

प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले निकालेको विज्ञप्तिमा प्रयोग गरिएका शब्दप्रति पनि उनले आपत्ति जनाए ।

पूर्वराजा ज्ञानेन्द्रले ‘श्री ५ महाराजाधिराजका नाममा शुभकामना’ भन्दै निकालेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै सांसद ज्वालाले संसदमा प्रश्न गरे– के यो देशमा श्री ५ महाराजाधिराज छ ? अहिले देशमा राजतन्त्र छ ?

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ५ : ३७ बजे

काठमाडौँ महानगरपालिकाले गणेश नेपालीका परिवारलाई सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी

रुपन्देहीमा गोली प्रहार गरेर भारतीय लागुऔषध कारोबारे पक्राउ

काठमाडौँ । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर १जना भारतीय लागुऔषको

संसदमा गृहमन्त्रीको आक्रोश : गणेश नेपालीको मृत्युमा राजनीति गर्नेहरू अस्पतालमा कति जना पुग्नुभयो ?

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा

पशुपतिमा साउने सोमबारको तयारी सुरु

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको

सम्पत्ति विवरण पेश बाध्य नगर्न सर्वोच्चको अन्तरिम आदेश, छानबिन आयोगको कामकारबाही रोकियो

काठमाडौं । सर्वोच्च अदालतले २०६२/६३ सालदेखि सरकारी नियुक्ति र जिम्मेवारीमा