२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बालाजु घटना : दुई प्रहरी वृत्तको कमजोरी



काठमाडौं । काठमाडौंको बालाजुमा यातायात मजदुरले ट्राफिक जरिवानालगायत विभिन्न विषय उठाएर गरेको आन्दोलनका क्रममा ट्राफिक बिट र प्रहरीकै गाडी आगजनी तथा लोत्से मलमा भएको तोडफोड र लुटपाटमा दुई प्रहरी वृत्तकै कमजोरी रहेको जनाइएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालका अनुसार प्रहरी वृत्त बालाजु र प्रहरी वृत्त सोह्रखुट्टेको कमजोरीले घटना घटेको निष्कर्ष निकालिएको छ । कार्यालयले अनुसन्धानका लागि गठन गरेको समितिले ती दुवै प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई कारबाहीका लागि सिफारिस गरेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

उपत्यका प्रहरीले प्रहरी नायब महानिरीक्षक मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । उक्त समितिले त्यस दिन आन्दोलन नियन्त्रणका लागि खटिएका बालाजुका डिएसपी रविन विष्ट र सोह्रखुट्टेका डिएसपी गणेशबहादुर बमको कमजोरी रहेकाले कारबाहीका लागि सिफारिस गरेको जनाइएको छ ।

फागुन १ गते उक्त घटना भएको थियो । प्रहरीले आजसम्म चोरीको आरोपमा १६ र तोडफोड तथा आगजनी गरेको आरोपमा ३५ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । उक्त घटनापछि भोलिपल्टै बालाजुका डिएसपी विष्टलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी ल्याइएको र उनको स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका डिएसपी मनोजित कुँवरलाई पठाइएको थियो ।

घटनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चासो राख्दै कसरी कमजोरी भयो भनेर प्रहरी प्रमुखसँग जानकारी लिएका थिए । उनले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ७ : ५० बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब