२० बैशाख २०८३, आइतबार | May 4, 2026

नवलपुर-१ मा कांग्रेसभित्र किचलो, दुई उम्मेदवारको मनोनयन दर्ता



नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा चार पटक लगातार निर्वाचन जित्दै आएका डा. शंशाक कोइरालाले निर्वाचन क्षेत्र छाडेपछि नेपाली कांग्रेसभित्र आन्तरिक किचलो सुरु भएको छ।

उम्मेदवारी दर्ताको अन्तिम समयमा एकै पार्टीबाट दुई जनाले उम्मेदवारी दर्ता गराएपछि कांग्रेस नवलपुरको राजनीतिक माहोल तातेको हो।

मंगलबार सम्पन्न उम्मेदवारी दर्ताका क्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति बालकृष्ण घिमिरे र महासमिति सदस्य गजेन्द्र आलेमगरले एउटै निर्वाचन क्षेत्रबाट मनोनयन दर्ता गराएपछि पार्टीभित्र विवाद चुलिएको छ। दुवै उम्मेदवारले पार्टी सभापति गगन थापाको आधिकारिक हस्ताक्षर सहितको टिकट पेश गर्दै उम्मेदवारी दर्ता गराएका हुन्।

२०६४ सालदेखि निरन्तर रूपमा निर्वाचन जित्दै आएका डा। शंशाक कोइरालाले नवलपुर–१ छाडेपछि रिक्त बनेको क्षेत्रमा कांग्रेसबाट घिमिरे र आलेमगर दुवैको उम्मेदवारी परेको हो। एउटै पार्टीबाट दुई जनाको मनोनयन दर्ता भएपछि कांग्रेस नवलपुरको जिल्ला नेतृत्व आन्तरिक छलफलमा जुटेको छ।

जिल्ला उपसभापति बालकृष्ण घिमिरेले यसअघि विशेष महाधिवेशनको माग गर्दै जिल्लाको नेतृत्व गरेर विशेष महाधिवेशनमा सहभागी भएका थिए। अर्का उम्मेदवार गजेन्द्र आलेमगर पछिल्लो समय पार्टीभित्र तटस्थ भूमिकामा रहँदै आएका थिए।

उम्मेदवार बनेका बालकृष्ण घिमिरेले अहिले पार्टीभित्र छलफल जारी रहेको जनाउँदै छलफलपछि मात्रै आधिकारिक प्रतिक्रिया दिने बताएका छन्। अर्का उम्मेदवार गजेन्द्र आलेमगरले पनि छलफलकै चरणमा रहेको उल्लेख गर्दै भोलि बिहानसम्म निकास निस्कने दाबी गरे।

“हामी जिल्ला पार्टी नेतृत्वसँग निरन्तर छलफलमा छौँ, छलफलपछि एक जना उम्मेदवार मात्रै रहनेछ,” उनले भने।

मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले एउटै पार्टीबाट दुई जनाको उम्मेदवारी परेको पुष्टि गर्दै निर्वाचन कानुन, विधि र विधानअनुसार सबै प्रक्रिया अध्ययन गरेर भोलिसम्म एक जनालाई मात्रै आधिकारिक उम्मेदवार कायम गरिने जानकारी दिए।

नवलपुर-१ मा दुई जनाको उम्मेदवारी दर्ता भएपछि नेपाली कांग्रेस नवलपुरको जिल्ला नेतृत्व बिहानैदेखि लगातार छलफलमा जुटेको छ। एक जना उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन जिल्ला नेतृत्वले आग्रह गरे पनि दुवै उम्मेदवार तत्काल फिर्ता लिन तयार नभएको कांग्रेस नवलपुरका एक नेताले बताए।

“छलफल जारी छ, भोलिसम्म एक जना उम्मेदवार मात्रै कायम हुन्छ,” उनले भने।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  १ : ४० बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता