२३ श्रावण २०८३, शनिबार | August 9, 2026

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार



बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी चुन्नप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ ।

बुटवलमा सामाजिक व्यक्तित्वको रुपमा परिचित पौडेललाई कांग्रेसले आज उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बुटवलमा उद्योग, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका पौडेललाई कांग्रेसले स्थानीय लोकप्रियता, सामाजिक योगदान र संगठनप्रतिको प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै उम्मेदवार बनाएको पार्टी स्रोतले जनाएको छ । कांग्रेस नेतृत्वले विकास, रोजगारी र सेवा क्षेत्रमा अनुभवी व्यक्तिलाई अघि सारेर मतदाताको विश्वास जित्ने रणनीति अनुसार पौडेललाई उम्मेदवार बनाएको बताइएको छ ।
पौडेल यशोधा फुड्सको अध्यक्ष हुन् भने बुटवल अस्पतालको अध्यक्ष पनि हुन् ।

उनले उद्योग व्यवसायसँगै स्वास्थ्य सेवाको विस्तार र सामाजिक उत्तरदायित्वका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । बुटवल र आसपासका क्षेत्रमा उनको सामाजिक सक्रियता र सहयोगी स्वभावका कारण उनी एक परिचित तथा सम्मानित व्यक्तित्वका रूपमा चिनिन्छन् ।

कांग्रेसले पौडेलको उम्मेदवारीले रुपन्देही–२ मा पार्टीलाई बलियो बनाउने विश्वास लिएको छ । उम्मेदवारी टुंगिएसँगै कांग्रेसले निर्वाचन अभियानलाई तीव्र बनाउँदै संगठनलाई एकढिक्का बनाएर चुनावी प्रतिस्पर्धामा होमिने तयारी थालेको जनाएको छ ।

यस क्षेत्रमा नेकपा एमालेबाट विष्णु पौडेल, नेकपाबाट सुवास पाण्डे (विश्वदीप), रास्वपाबाट इन्जिनियर आशिष सुवेदी, प्रलोपाबाट नारायण नगिलाले टिकट पाएका छन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ९ : १६ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी