३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

एकसय छ वर्षसम्म भएन आयुर्वेद चिकित्सालय नरदेवीको सङ्गठनात्मक सर्वेक्षण


११ फाल्गुन २०७९, बिहिबार  

273
Shares

काठमाडौं । स्थापनाको १०६ वर्ष पूरा हुँदा पनि आयुर्वेद चिकित्सालय नरदेवीको सङ्गठनात्मक सर्वेक्षण हुनसकेको छैन ।

सर्वेक्षण नहुँदा एक सय शय्याको अस्पतालमा कम्तीमा ४० नर्सको दरबन्दी हुनुपर्नेमा अहिले १६ मात्र नर्स रहेको अस्पतालका निर्देशक डा प्रदीप केसीले राससलाई जानकारी दिए ।

जनशक्तिको अभावमा सेवा प्रवाहमा पनि समस्या भएको छ । देश सङ्घीय संरचनामा गएपछि विसं २०७६ मा सङ्गठनात्मक सर्वेक्षण हुने विश्वास गरिए पनि पुरानै ‘कपि पेस्ट’ का भरमा चल्नुपर्ने बाध्यता आइलागेको उनले बताए ।

उनले भने, “सङ्गठनात्मक सर्वेक्षण नभएका कारण पञ्चकर्म अध्ययन गरेर आउने जनशक्ति भए पनि स्वास्थ्य सेवा नियमावलीमा व्यवस्था नहुँदा वैधानिक रुपमा राख्न सकिएको छैन ।” अस्पतालको बहिरङ्ग विभागमा दैनिक तीन सय बिरामी आउने गरेका छन् । यहाँबाट २३ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्ने गरिएको छ । अस्पताल फार्मेसी निर्देशिका अनुसार अस्पतालमा फार्मेसी पनि सञ्चालन गरिएको छ ।

यहाँ आठ सय भन्दा धेरै थरिका औषधिको बिक्री हुने गरेको छ । फार्मेसीमा बजारमाभन्दा निजी औषधि पसलमाभन्दा सस्तोमा औषधि बिक्री हुने गरेको जनाइएको छ । अस्पतालमा ‘सिटस्क्यान’ यन्त्र ल्याउन पनि चालु आर्थिक वर्षमा बजेट विनियोजन भएको छ । यन्त्रको सहयोगमा सेवाग्राहीलाई थप सुविधा दिइने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  १२ : ०१ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका