७ आश्विन २०८३, बुधबार | September 23, 2026

राजनीतिक स्थिरताका लागि राष्ट्रपतिको चुनावबाट कांग्रेससँग सहकार्य गर्न सकिन्छ : प्रदीप ज्ञवाली



पाँचथर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थिरताका लागि कांग्रेससँग सहकार्य गर्न सकिने बताएका छन् ।

ग्रासरुट अभियानको उद्घाटन गर्न पाँचथर आइपुगेका ज्ञवालीले राजनीतिक अस्थिरता अन्त्यका लागि राष्ट्रपतिको निर्वाचनबाटै कांग्रेससँग सहकार्य गर्न सकिने बताएका हुन् ।

राष्ट्रपतिमा कांग्रेस र एमाले दुवैले दाबी गरिरहेका छन् । तर, राष्ट्रपतिको निर्वाचनबाटै कांग्रेससँग सहकार्य गर्न सकिने उपमहासचिव ज्ञवालीले बताएका हुन् ।

राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता भोलि शनिबारका लागि तोकिएको छ । अघिल्लो दिन शुक्रबार ज्ञवालीले राजनीतिक अस्थिरता अन्त्यका लागि तयार भए कांग्रेससँग सहकार्य हुने बताए ।

राजनीतिक स्थिरताका लागि एमाले जोसुकैसँग सहकार्य गर्न तयार हुने बताएका उनले नेपालमा राजनीतिक अस्थिरता देशी विदेशी शक्ति क्रियाशील रहेको आरोप लगाए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  २ : ५६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज