७ आश्विन २०८३, बुधबार | September 23, 2026

संविधानको मर्मलाई सम्मान गर्ने राष्ट्रपति आवश्यक छ : उपाध्यक्ष भुसाल



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपध्याक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले संविधानको मर्म र भावनालाई सम्मान गर्ने व्यक्तिलाई सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताएकी छन् ।

कृषि विकास बैंक कर्मचारी सङ्गठनको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै भनिन्, “हामीलाई राजनीतिक दलको प्रनितिधिभन्दा पनि संविधानको संरक्षण गर्ने राष्ट्रपति चाहिएको छ ।”

कुनै राजनीतिक दललाई सघाउने गरी राष्ट्रपति पद प्रयोग हुन्छ कि भन्ने आफ्नो पार्टीको चिन्ता रहेको उल्लेख गर्दै उनले भनिन्, “हामीलाई संवैधानिक राष्ट्रपति चाहिएको हो, दलीय भूमिका निर्वाह गर्ने र चर्चामा आउने राष्ट्रपति हामीलाई चाहिएको छैन ।” वर्तमान राष्ट्रपतिले संविधानको मर्म विपरीत सरकारका कामकारवाहीमा अनावश्यक हस्तक्षेप गरेको आफूले अनुभव गरेको उल्लेख गर्दै उनले अब निर्वाचित हुने राष्ट्रपति संविधानको भावनाप्रति प्रतिबद्ध हुने विश्वास व्यक्त गरिन् ।

देशको समृद्धिका लागि कृषि, ऊर्जा र पर्यटन नै मुख्य क्षेत्र भएको उल्लेख गर्दै उपाध्यक्ष भुसालले कृषिजन्य वस्तुको आयातलाई रोक्न सके पनि देशको अर्थतन्त्र बलियो हुने विश्वास व्यक्त गरिन् । उनले कृषिसँग सम्बन्धित वित्तीय क्षेत्रले कृषि क्षेत्रलाई नै केन्द्रित गरेर कार्यक्रम ल्याउन सुझाव दिइन् ।

कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पछिल्लो आर्थिक अवस्थामा देशको अर्थतन्त्रसँगै कृषि विकास बैंकमाथि थुप्रै चुनौती देखा परेको उल्लेख गर्दै त्यसलाई समाधान गर्न सहयोग गर्नुपर्ने बताए । उनले मानवीय स्रोत र साधनलाई व्यवस्थित गर्न सकेमात्र कुनै पनि संस्था अगाडि बढ्ने भएकाले यस क्षेत्रमा इमान्दारी कायम हुनुपर्नेमा जोड दिए ।

नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका कार्यवाहक अध्यक्ष प्रेम खनालले बैंकको उद्देश्यमा आधारित भएर काम गर्नुपर्ने बताए । त्यसैगरी सङ्गठनका निजामतीतर्फका अध्यक्ष हरि रावलले ट्रेड युनियन आन्दोलनलाई व्यस्थित बनाउँदै लैजानुपर्ने बताए ।

शुक्रबार र शनिबार चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा देशभरका तीन सय प्रतिनिधि सहभागी छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ५ : ०९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११