२७ असार २०८३, शनिबार | July 11, 2026

एमालेको सरकारबाट बाहिरिने तयारी, शनिबारको बैठकले निर्णय गर्ने



काठमाडौँ । राष्ट्रपति पद एमालेले नपाउने निश्चित जस्तै बनेपछि एमालेले सरकारबाट बाहिरिने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिमा एमाले उम्मेदवारलाई समर्थन नगरे सरकार छाड्ने चेतावनी दिएर बालुवाटारबाट निस्केका एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार बस्ने सचिवालय बैठकबाट निर्णय गराएर सरकारबाट बाहिरिने तयारी गरेको छ ।

शुक्रबार दिउँसो प्रचण्ड र ओलीबीच भएको छलफलमा सहमति नजुटेसँगै ओलीले सरकारबाट एमाले बाहिरिने कुरा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई सुनाएर बालुवाटारबाट निस्केका थिए ।

ओलीले सरकार छाड्ने जानकारी दिएको कुरा प्रधानमन्त्री प्रचण्डले ७ दलको साँझ बसेको बैठकमा जानकारी दिएका थिए ।

भोलि बस्ने तय भएको सचिवालयको बैठकबाट एमाले सरकारबाट बाहिरिने निर्णय गर्ने आंकलन गरिएको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार प्रदेश नमबर १ को एक कायृक्रममा आठ दलले गरेको सहमतिले मुलुकलाई थप राजनीतिक अस्थिरतातर्फ धकेल्ने र त्यसले राजनीतिक कोर्स परिवर्तन हुन सक्ने बताएका थिए । आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे शनिबारको बैठकले निर्णय गर्ने पनि उनले बताएका थिए ।

सरकारमा रहेका अन्य दल राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग प्रधानमन्त्रीले भोलि बिहान निर्णायक छलफल गर्ने तय भएको बालुवाटार स्रोतले जनाएको छ ।

बिहीबार बसेको आठ दलको बैठकले राष्ट्रपति पदमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ९ : ५९ बजे

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त

कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा मध्यराति बाढी, ५४ जनाको उद्धार

काठमाडौं । अविरल वर्षासँगै बागमती नदीको जलस्तर बढेपछि कीर्तिपुर नगरपालिका–१०

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट-बुटवल यात्रा

नवलपरासी । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल-२०२६ को