१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

ज्योति विकास बैंकको साधारणसभा आज



काठमाडौ, १४ फागुन । ज्योति विकास बैंकको आइतबार साधारणसभा बस्दैछ । कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्दै छ। आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ ।

बैंकले माघ २९ गतेदेखि बुक क्लोज गरिसकेको र माघ २८ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

उक्त सभामा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र ३.८ प्रतिशत कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ ।

साथै आर्थिक वर्ष २०७९/८० को एजेन्डा भने लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रम निर्धारण गर्ने छ भने उक्त सभामा बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने प्रक्रिया अथवा प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  १० : ५५ बजे

राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल

सामान्य सवारीका बीच राष्ट्रपति पौडेल पुगे संसद भवन

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र

दश महिनामा ६० प्रतिशत बजेट खर्च

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च

भारतमा आँधीका कारण १४ जनाको मृत्यु

नयाँदिल्ली भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी