२९ मंसिर २०८२, सोमबार | December 15, 2025

राष्ट्रपति निर्वाचनमा पौडेललाई भोट माग्दै देउवाले पठाए ओलीलाई पत्र (पत्रसहित)



काठमाडौं । राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई भोट माग्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् ।

सभापति देउवाले आठ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पौडेलको पक्षमा ओलीलाई पत्र पठाएरै भोट मागेका हुन् ।

पत्रमा देउवाले पौडेल सालिन, बौद्धिक र सुसंस्कृत छविका भएको जिकिर गर्दै लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्वलाई भोट हाल्न आग्रह गरेका छन् ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल सोमबार ओली निवास बालकोट पुगेर देउवाले लेखेको पत्र बुझाएका थिए ।

यसअघि एमाले अध्यक्ष ओलीले कांग्रेस बाहेका सबै दललाई आफ्नो दलको तर्फबाट उम्मेदवार बनेको सुवास नेम्वाङलाई भोट माग्दै पत्र पठाएका थिए ।

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा आठ दलको तर्फबाट पौडेल र एमालेको तर्फबाट नेम्वाङ उम्मेदवार छन् ।

 

यस्ताे छ पत्र:

श्री केपी शर्मा ओलिजी,
अध्यक्ष, नेकपा एमाले

विषय: राष्ट्रपति निर्वाचनमा समर्थन या मित्रवत प्रतिस्पर्धाका लागि

यही फागुन २५ गते हुने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदको निर्वाचनमा यतिबेला हामी खुला प्रतिस्पर्धाको क्रममा लोकतान्त्रिक प्रणालीको सौन्दर्य अनुरुप आ-आफ्ना दृष्टिकोण र उम्मेदवारका साथ खडा छौं।

लोकतन्त्र भन्नु निर्वाचन मात्र होइन र निर्वाचन भन्नु जितहार मात्र होइन, हामी जान्दछौं। यो अभ्यासले समाजलाई सु-संस्कृत सन्देश दिन सक्नुपर्छ। त्यही स्मरणसाथ यो पत्र यहाँलाई लेखिरहेको छु। राष्ट्रपति पदमा माननीय श्री रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने विषयमा ध्यानाकर्षण गरिरहेको छु।

राष्ट्रपति केबल एउटा पद नभएर स्वयं आफैंमा उच्च गरिमायुक्त संस्था हो भन्ने हामी जान्दछौं। यस्तो संस्थाको नेतृत्व चयन गरिरहँदा सम्भव भएसम्म वृहत्तर सहमति निर्माण हुनसकोस् भन्ने आम अपेक्षा हुन्छ भने सहमति हुन नसक्दा प्रतिस्पर्धामा आवेगमुक्त सु-संस्कृत अभ्यासको खोजी हुन्छ।

विमतिबीच पनि सहमतिको प्रयास अनि प्रतिस्पर्धाबीच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिष्ट पहिचान रहिआएको छ। यही पृष्ठभूमिमा माननीय पौडेलका लागि राष्ट्रपतिमा तपाईं समेतसँग मत माग्नु र विमतिबीचको प्रतिस्पर्धामा पनि हार्दिकता प्रकट गर्नु आफ्नो कर्तव्य ठानेको छु।

सालिन, बौद्धिक र सु-संस्कृत छविका पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व त हुनुहुन्छ नै संविधानप्रदत्त संवैधानिक दायित्व राजनीतिक आग्रहहरुभन्दा पर रहेर निभाउन सक्ने सबल व्यक्तित्व हुनुहुन्छ।

संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने आजको राष्ट्रिय कार्यभार कुशलतापूर्वक सम्पादन गर्दै देशको आर्थिक-सामाजिक रुपान्तरणतर्फ गतिशील ढंगले अघि बढ्नु हामी सबैको साझा दायित्व हो। यो दायित्व तपाईं, हामीले निभाइरहँदा निर्विवाद अभिभावकत्व निभाउन पौडेल सुयोग्य साबित हुनुहुने विश्वास म यहाँलाई दिलाउन चाहन्छु।

जय नेपाल

शेरबहादुर देउवा
सभापति, नेपाली कांग्रेस
०७९ फागुन १५

 

 

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ९ : १५ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ